दिल्लीमा यो वर्ष ४ सय ६३ जना बलात्कृत
प्राप्त तथ्याङ्कअनुसार यस नगरमा अप्रिल १५ सम्म ४६३ वटा बलात्कारको घटना भएको र अघिल्लो वर्षको सोही समयमा १७९ यस्ता घटना भएको देखिएको छ ।
यी ४६३ घटनामध्ये १७८ घटनामा मित्र वा प्रेमी पीडक भएको देखिएको छ भने ११५ घटनामा छिमेकी बलात्कारी भएको देखिएको छ ।
यस नगरमा महिलाविरुद्ध अपराध तथा बलात्कारको घटना यस वर्ष १५८ प्रतिशतले बढेको देखिएको छ । यसै गरी यौनजन्य दुव्र्यवहारका घटना छ गुणाले वृद्धि भएको तथा महिलालाई हैरान गर्ने घटना आठ गुणाले वृद्धि भएको देखिएको छ ।
यस अवधिमा ९७३ वटा यौनजन्य दुव्र्यवहारका घटना दर्ता भएका छन् भने गत वर्ष यस्ता १३९ घटना दर्ता भएका थिए । यसै गरी महलालाई हैरान गर्ने घटना गत वर्ष ४९ वटा दर्ता भएकोमा यस वर्ष ४३३ घटना दर्ता भएको देखिएको छ ।
बलात्कारका घटनामा रोजगारदाता, सहकर्मी, परिवारका सदस्य, बाबु, पति वा पूर्वपति, भिनाजु, ससुरा, धरपति, डेरावाल, शिक्षक, चिकित्सक तथा तान्त्रिक पनि पीडकको रूपमा देखिएका छन् ।
No comments:
Post a Comment