एउटै विद्यालयमा २२ जिल्लाका विद्यार्थी
७ जेठ । पाल्पा जिल्लाको तानसेनस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा २२ जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
शिक्षा विभागमार्फत काठमाडौँको बूढानिलकण्ठबाट छात्रवृत्तिमा अध्ययनरत कास्की ढिकुरपोखरी–६, काँडेस्थित बाल मन्दिर विद्यालयका विद्यार्थीमाथि शिक्षकको दुव्र्यवहारका कारण उनीहरू जनता नमुना उमावि रोजेका हुन् ।
बाल मन्दिर विद्यालय ढिकुरपोखरी–६, काँडे काँस्कीमा विद्यार्थी पटक–पटक शिक्षक/शिक्षिकाको दुर्व्यवहारमा परेपछि शिक्षा मन्त्रालयले उनीहरुलाई सो विद्यालयमा पठाएको हो ।
विद्यालयका प्राचार्य मेघराज शर्माले बाल मन्दिर काँस्कीका ५८ विद्यार्थीमध्ये ५४ जना भर्ना भइसकेको बताउनुभयो ।
बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत रुपन्देही, बागलुङ, मुस्ताङ, पाल्पा, आर्घाखाँची, म्याग्दी, कपिलवस्तु, काँस्की, रोल्पा, प्युठान, लमजुङ, मनाङ, नवलपरासी, गोर्खा, तनहुँ, चितवन, पर्वत, गुल्मी, स्याङ्जा, मकवानपुर, धादिङ र उदयपुर गरी २२ जिल्लाका ५८ विद्यार्थीमध्ये ५४ जना अध्ययनका लागि पाल्पा आइसकेका छन् ।
हाल जनता नमुना माविमा कक्षा–७ मा अध्ययनरत मुस्ताङ जिल्लाकी मनिसा ढकालले शिक्षक/शिक्षिकाले सरकारी सेवा सुविधामा पढेका विद्यार्थीले आफ्ना छोराछोरीलाई पढाइमा जिते भन्दै कुटपिट गर्ने, धम्की दिने, दुव्र्यवहार गर्नेलगायतका नराम्रो व्यवहार गरेपछि अध्ययनका लागि पाल्पा आउनुपरेको बताइन् ।
“आफ्ना छोराछोरीलाई जितेर प्रथम भयो भनेर कुटपिट गर्ने, यातना दिने र दुर्व्यवहार गर्नेजस्ता अमानवीय, भेदभावपूर्ण व्यवहार शिक्षकले गर्नुहुन्थ्यो” ढकालले बताइन् ।

No comments:
Post a Comment