क्याट्रिनाले लोप्पा खुवाएपछि उनकै बहिनी तिर सल्किए सलमाननायक सलमान खानले कट्रिनाकी कान्छी बहिनी इजाबेल कैफलाई पनि चलचित्रमा उतार्ने भएका छन् । आफ्नी पूर्व प्रेमीकाकी बहिनीलाई आफ्नो चलचित्रमा ल्याउन नायक खानले कुनै हिच्किचाहट पनि गरेका छैनन् । नायक सलमान खान अहिले पनि कट्रिनासँगको सम्बन्धमा फिका भइसकेका छैनन् । कट्रिनासँगको प्रेमसम्बन्ध तोडिएपछी पनि उनी कुनै न कुनै बहानाले त्यसलाई जोड्ने प्रयत्नमा लाग्ने गरेका छन् । त्यही प्रयत्न हुन सक्छ सायद यो पनि ।
कट्रिना कैफलाई बलिउडमा प्रवेश गराएर बलिउडमा राम्रो नाम दिलाउन सफल भएका तथा प्रेमीको रूपमा केही समय पनि बलिउडमा हल्ला मच्चाएका नायक सलमान खानले अब कट्रिना कैफकी बहिनीलाई पनि फिल्मी क्षेत्रमा प्रवेश गराउने भएका छन् । धेरै नायीकालाई बलिउडमा प्रवेश गरेका उनलाई कट्रिनाले पछिल्लो समय नटेरेपनि उनले भने कट्रिनालाई भने सकेसम्म छोड्न चाहँदैनन् । कट्रिनासँग नै बाधिने सुरमा उनले सायद कट्रिनाकी बहिनीको सहारा लिन लागेका त होइनन् भन्ने आशंका पनि उब्जिन थालिसकेको छ ।
सलमान खानले निर्माण गर्न लागेको चलचित्र 'डा. कैबी'मा कट्रिनाकी बहिनी इजाबेल कैफलाई ल्याउने भएका हुन् । उक्त चलचित्रमा इजाबेलका साथमा विनय विरमानी र एड्रिन पलाकीको पनि अभिनय रहने बताइएको छ ।
No comments:
Post a Comment