आजबाट बाल नाटक मेला
७ जेठ । आजबाट राजधानीमा ‘बाल नाटक मेला’ हुँदैछ । जेठ १२ गतेसम्म अनामनगरस्थित मण्डला थिएटरमा चल्ने मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रामकुमार श्रेष्ठले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली रंगमञ्चमा सक्रिए युवा रंगकर्मीहरुको प्रयासमा हुन लागेको मेलामा ‘पोशाक’, ‘किताब चोर’, ‘उपियाको निबन्ध’, ‘सिन्ड्रेला लेखन’, ‘अभागिनी आमा’, ‘अन्त्यविनाको कथा’गरी कुल ६ वटा बाल नाटक मञ्चन हुने जनाइएको छ ।
मेलामा मञ्चन हुने नाटकलाई रंगमञ्चमा लामो समय विताएका युवा रंगकर्मीले नै निर्देशन गरेको मेलाका संयोजक किशोर अनुरागले जानकारी दिए । मेलामा हरेक दिन ३ शोमा नाटक मञ्चन हुने जनाइएको छ ।

No comments:
Post a Comment