सुराकीको आधारमा प्रहरीले दाउन्ने देवी गाविस वार्ड नं.८ को शुक्रवस्ती वेलहानीमा विगत कयौं महिना देखि गाईको सुकुटी बनाई बेच्ने गरेका ५ जनालाई सुकुटी सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी सहायक निरिक्षक विजयनाथ यादवले दिएको जानकारी अनुसार गाईको सुकुटी बेच्ने अन्य ३/४ जनाको खोज तलास भई रहेको यादवले बताए । पक्राउ पर्नेमा दाउन्नेदेवी-८, बेलहानी वस्ने रोशन पुन भन्ने खुम्बु मगर, केशव तामाङ, गोरे सारु मगर, राजु साउजा मगर र सर्वजीत घर्ती मगर रहेका छन् । पक्राउ पर्ने ५ जनालाई आवश्यक कार्रवाहीको लागि इलाका प्रहरी कार्यालय सेमरीमा राखिएको यादवले बताएका छन् ।
धर्म निरपेक्ष राष्ट्र भईसकेको अवस्थामा गाई काट्नेलाई कस्तो कारवाही गर्ने भन्ने कानुन अन्यौल हुंदा पक्राउ परेकालाई प्रहरीले कारवाही अगाडि बढाउन नसकी छाड्ने समेत गरेको भेटिन्छ ।
No comments:
Post a Comment