Monday, May 6, 2013


कान्तिपुर र अन्नपूर्णको यो कस्तो चाला ? 

 जनआन्दोलन दवाउन मुख्य भूमिका खेलेको आरोप लागेका पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न हुने/नहुने पक्षमा मुलधारका संचार माध्यम विभाजित देखिएका छन् । 
राजधानीबाट प्रकाशित मुलधारका अखबारले लोकमानको पक्ष र विपक्षमा चर्को लविङ गरेका छन् । कान्तिपूर दैनिकले लोकमानको पक्षमा धुरो उडाएर लेखेको छ, भने अन्नपूर्ण पोष्टले नाङ्गो समर्थन गरेको छ ।
'कार्की नियुक्तिमा स्वार्थ समूहको दवाव' शीषर्कका कान्तिपुरले मुख्य समाचार लेखेको छ भने 'आफ्नो लिएर अरूको भागमा वखेडा' शीर्षकमा अन्नपूर्णले कार्कीको लविङ गरेको छ ।
एमालेको भागमा परेको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नियुक्तिमा अन्य दलले विमती नजानाएको दावी गर्दै एमाओवादी कार्कीको पक्षमा उभिएको अन्नपूर्णले दावी गरेको छ ।
पत्रिकाले किन दुइथरी कुरा लेखे ?
लोकमान प्रकरणमा नेपाली मिडिया दुइधु्व्रमा विभाजित भएका छन् । एउटै व्यक्तीको बिषयलाई लिएर दुइवटा मुख्य पत्रिकाले चर्को लविङ गरेपछि, सर्वसाधारण पाठक अन्यौलमा परेका छन् ।
योसँगै संचार माध्यम कति स्वतन्त्र छन् भन्ने बहस सुरू भएको छ । कुनै घटनाक्रमलाई लिएर मिडियाले कसरी 'मिसन पत्रकारिता' गर्दा रहेछन् भन्ने उदाहरण बनेको छ, लोकमानसिंह प्रकरण ।
कान्तिपूर वा अन्नपूर्ण पोष्टले लेखेको मध्ये एउटा मात्र समाचार सत्य हो, दुवै सत्य हुनु असंभव छ । उसो भए कुन अखबारले जनतालाई ढाँटिरहेको छ भन्ने कुरा ढिलो चाडो पर्दाफास हुनेछ । ठूला अखबारले सर्वसाधारण पाठकप्रति गरेको अन्यया र बेइमानी हो ।
बजार हल्ला यस्तो छ 
कान्तिपुरले लोकमानको खेदो खन्नु र अन्नपूर्ण पोष्टले जोगाएर लेख्नुमा मिडिया मालिकको स्वार्थ बुझ्नु मुख्य कारण हो । अन्नपूर्ण पोष्टका प्रकाशक रामेश्वर थापा र लोकमानबीच पहिले देखी उठबस छ ।
रामेश्वरको खास मान्छे भएकोले कान्तिपूर लोकमान विरुद्ध खनिएको पत्रकारहरू टिप्पणी गर्छन् । र, अन्यबेला माओवादी जनयुद्धका ज्यादती भन्दै लेख्ने सम्पादक गुणराज लुइटेल सम्पादक भएको पत्रिकाले कार्कीको योहद सम्मको समर्थनमा किन लेख्र्थो? भन्ने मत बजारमा प्रसस्त पाइन्छन् । पत्रिकाले आज लोकमानसिंहको समर्थन गरेर लेखेको टिप्पणीमा भने कोहि पत्रकारको नाम छैन् । लोकमानसिंहको पक्षमा कसैले देखिएर लेख्न नचाहेपछी रामेश्वर थापाको ठाडो निर्देशनमा उक्त समाचार टिप्पणी आएको बताइन्छ ।
मिडिया मालिकको स्वार्थमा सम्पादकका कलम कसरी बाङगिने रहेछ भन्ने उदाहरण लोकमान प्रकरण बनेको छ । अन्यथा एउटा व्यक्तीलाइ कसैले अपराधी र आर्कोले साधुकिन लेख्नु पथ्र्यो ?

No comments:

Post a Comment