Monday, May 6, 2013


पैदल दौड यात्री शाहीद्वारा नयाँ कीर्तिमान कायम

, २३ वैशाख । दिगो शान्तिका लागि देशव्यापी पैदल दौड यात्रा अभियानमा होमिएका २३ वर्षीय कुलबहादुर शाहीले नयाँ कीर्तिमानी कायम गरेका छन् ।

तातोपानी–३ बाइराका जुम्लाको सामान्य घरपरिवारमा जन्मेका उनले २०६८ साल पुस २५ गते जुम्ला बसपार्कबाट आफ्नो यात्रा सुरु गरी नेपालको पश्चिम महकाली र पूर्वमा मेची अञ्चल हुँदै अन्त्यमा बागमती अञ्चलको काठमाडौँमा आफ्नो यात्रा पूरा गरेको बताएका छन् ।
दुई १८ दिनपछि १४ अञ्चल र ७५ जिल्लाको पैदल यात्रा पूरा गरेको बताउने धावक शाही यात्रा सुरुमा रु १०० सहयोग गर्ने तत्कालीन स्थानीय विकास अधिकारी रमेशकुमार केसी र आफ्नै बाबु वीरबहादुर शाहीलाइ धन्यावाद दिन चाहन्छन् ।
आफ्नो दौड कर्मको उत्प्रेरक विश्वसाइकल यात्री पुष्कर शाह र म्याराथुन धावक हरिबहादुर रोकायालाइ ठान्ने शाहीले सुरुमा कसैको साथ नपाएपनि अहिले ठूलो प्रसिद्धि कमाएका छन् ।
शाहीले २०६९ असोज १९ गते युवा तथा खेलकुद मन्त्रालयबाट रु १२ हजार राशिसहित सम्मानपत्र प्राप्त गरेका थिए भने एभरेस्ट वल्र्ड रेकर्डले २०१२ नोभेम्वर ४ मा यात्रा पूरा गरेवापत प्रमाणपत्र दिएर सम्मान गरेको थियो । भिडियो डकुमेन्ट्री नहँुदा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन वञ्चित भएको सुनाउने धावक शाही अब अर्को नयाँ काम गरेर देखाउने सुरमा छन् ।

No comments:

Post a Comment