Monday, May 6, 2013


बाँकेको ओडाघारी गुफा पुरिने खतरामा
 बाँकेको खास कुस्मा-६ भवानीयाँपुरमा संरक्षणको अभावमा प्राकृतिक र धार्मिक महत्वको गुफा भएर पनि अस्तित्वमा आउन सकेको छैन । स्थानीयले ‘ओडारघारी गुफा’ भनेर पहिचान दिएको सो गुफा पूर्व-पश्चिम राजमार्गको कुसुम झोलुङ्गेपुलबाट करिव २ किलोमिटरको दुरीमा पर्दछ ।
 स्थानीय र संबन्धित निकायको बेवास्थाको कारण संरक्षण र प्रचारमा आउन नसकेरै सो गुफा पुरिदै गएको अवस्थामा छ । करिव २० मिटरका दुरिमा अर्को सानो गुफा पनि छ । गुफाको बाहिरी मुखमा गज (हात्तिको) आकारको आकृती छ ।

घाँस र पतिंगरले छोपेको अवस्थामा रहेको सो गुफाको बाहिर मुख सानो भए पनि भित्र ६०/७० जना सजिलै अटाउन सक्ने र सो गुफाको बाटो हुँदै भारतको उत्तर प्रदेसमा पर्ने पाटनदेवि मन्दीरमा पुग्न सकिने जनविश्वास रहेको स्थानीय शंकरबहादुर खत्री बताउनु हुन्छ ।
गुफा र ताल हेर्नको लागि भनेर पोखरा जानेहरुको संख्या यस क्षेत्रका अत्याधिक आन्तरिक पर्यटक भए पनि बाँके जिल्लामा नै गुफा भएको बारे पर्यटन कार्यालय बाँके अनभिज्ञ छ । कार्यालयका निमित्त प्रमुख रहेका नासु भरत मल्लले कार्यालयमा कसैले सो गुफाको बारेमा जानकारी नदिएको र कार्यालयमा पनि यस्ता पूर्वाधारको तथ्याङ्क नभएको बताउनु भयो ।हरेक वर्षातमा पानीको भेलले ल्याउने लेदो माटो तथा विभिन्न सरिसृपले आफ्नो बासस्थानको रुपमा प्रयोग गरीरहेको सो गुफा स्थानीयले महत्व नबुझेको कारण संरक्षणको अभावमा विस्तारै पुरिदै गएकोले गुफाको संरक्षण गर्नसके खासकुस्माको भवानीयाँपुर गाउको मुहार फेरिने खत्री बताउनु हुन्छ ।

No comments:

Post a Comment