यादवले मुखै खोलेर केही विश्वासका व्यक्तिलाई खिलराजले चुनाव गराउने कुरा एक प्रतिशत पनि विश्वास नरेहेको बताउने गरेका छन्।
तर बोलेका भन्दा लुकाएको महत्व राख्ने नेपाली राजनितिका बारेमा राष्ट्रपति यादव जानकार नहुने त कुरै भएन्। उनले मिडियामा भने सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि चुनावको मिति घोषणा हुन नसकेको भन्दै राष्ट्रपति चिन्तित बनेको 'मेसज' दिएका छन्।
राष्ट्रपति यादवको सदिच्छामा राष्ट्रपति कार्यालयले चुनावको मिति घोषणा नहुँदा राष्ट्रपति चिन्तित भएको र यसकै कारण यादव सरकारसंग असन्तुष्ट रहेको सन्देश छरेको छ।
'म जे बोल्छु, त्यही गर्दिन र जे बोल्दिन, त्यही हुन्छ'को शैलीमा राष्ट्रपतिले चुनावको विषय उछाल्न लागेको स्रोतले दाबी गरेको छ। यादवले बाहिर देखिनकै लागी भएपनि केही दिनपछी राजनैतिक दलका नेतालाई डाकेर चुनावका बारेमा छलफल गर्ने संभावना रहेको छ।

के चाहन्छन् त राष्ट्रपति यादव ?
बाबुराम सरकार हुँदा ताका नै एकपटक कार्यकारी हातमा लिने चाहना राखेका यादव रेग्मी सरकार फेल भएको हेर्न चाहन्छन्। असारबाट सरेर मंसिरमा हुने भनिएको संविधान सभाको दोस्रो निर्वाचन नहुँदा बेइज्जत सहित रेग्मी सत्ताबाट बाहिरने आँकलन गरेका यादव त्यसपछि सत्ताको साँचो आफ्नो हातमा ल्याउने 'डिजाइन'मा लागेका छन्।

वैधानिक एउटै मात्र पद भनेको राष्ट्रपति मात्र रहेको अवस्थामा नयाँ सरकारको निर्माण पनि राष्ट्रपतिको निकै शक्तिशाली बन्ने निश्चित छ। त्यही समयमा खेलेर सत्ताको साँचो आफूले लिने राष्ट्रपतिको योजना रहेको स्रोत दाबी गर्दछ।
राष्ट्रपति यादवलाई रोक्ने को ?
राष्ट्रपति यादवले आफ्नो योजनामा प्रचण्डलाई बाधाका रुपमा बुझेको बताइन्छ। एमाओवादी अध्यक्ष प्रचण्डपनि रेग्मी सरकार असफल भए लगतै सरकारको नेतृत्व गर्ने दाउमा रहेको विश्वास गरिन्छ। त्यसका लागि प्रचण्डले पहिले चीन र पछि भारतमा गएर सम्वन्ध सामन्यीकरण गर्ने प्रयत्न गरिसकेका छन्।

त्यसैले राष्ट्रपति यादव प्रचण्डलाई पन्छाउन सके एक पटक सत्ता लिन सकिने विश्वासमा रहेको स्रोत दावी गर्दछ।
योजना के छ ?
यसअघिका प्रयत्नमा नराम्री असफल र एक्सपोज भएका यादव यसपटक गल्ति गर्ने पक्षमा छैनन्। उनले यसका लागि विस्तृत योजना बनाएको गाइँगुँइ कुरा शितलनिवास नजिकाले गरेका छन्।
योजन अनरुपनै उनले केही गोटी चालिसकेको बताइन्छ।

रेग्मी सरकार बिरुद्ध आक्रामक देखिएका यादवले एमाओवादी अध्यक्ष प्रचण्डसँग राम्रो सम्वन्ध बनाउने र कांग्रेस र एमालेसँग एउटा निश्चित दुरीमा बस्ने रणनितिमा रहेका छन् । एक हिसावले भन्दा प्रचण्डलाई छल्ने र रेग्मीलाई पेल्ने रणनितिमा यादव लागेको बताइएको छ।
मन्त्रिपरिषदमा घुसपैठ ?
खिलराज रेग्मीको मन्त्रिपरिषदका एक मन्त्रीले राष्ट्रपतिलाइ रिपोर्टिङ गर्ने गरेको स्रोतले बताएको छ। वर्तमान मन्त्रिपरिषदका ती मन्त्रिले रेग्मी भन्दा पनि यादव प्रति बफादार रहेको मात्रै होइन् सरकारलाइ असजिलो पार्ने प्रयत्न गरेको बताइएको छ।

यसका अलावा राष्ट्रपति यादवले नेपाली सेनासंग राम्रो सम्वन्ध बनाउने र भारतसँग कम्तिमा एउटा 'कम्फोर्ट लेभल'सम्म पुग्ने योजना रहेको बताइन्छ ।
No comments:
Post a Comment