Monday, May 6, 2013


पृथ्वीको जन्म अघि नै जीवनको सुरुवात

article-0-0F7D742200000578-391_634x329– पृथ्वीको जन्मपूर्व नै जीवन अस्तित्वमा आइसकेको र सम्भवतः हाम्रो सौर्य प्रणालीमा यसको सुरुवात भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार जीवनको आरम्भ करिब १० अर्ब वर्ष अगाडि भएको थियो, जुन ४.५ अर्ब वर्ष पुरानो पृथ्वीभन्दा अगाडि भएको अनुमान गरिएको छ ।
नेशनल इन्सिटिच्युट अन एजिङ इन बाल्टिमोरका एलेक्जि स्यारोभ र गल्फ स्पेसिमेन मराइन ल्याबरोटरी इन फ्लोरिडाका रिचार्डद्वारा न्यूक्लियोटाइड्सले ट्रान्जिस्टरको ठाउँ लियो जसलाई डिएनए र आरएनएको बिल्डिङ ब्लक्स मानिन्छ ।
अनुसन्धानका अनुसार जीवनको सुरुवात करिब १० अर्ब वर्ष अगाडि भएको जुन पृथ्वीको उत्पत्ति भन्दा निकै पुरानो रहेको टेक–न्यूज डेलीले जनाएको छ ।
सन् २०१२ को साइन्स फिक्सन फिल्म ‘प्रोमेथिएस’ मा देखाएजस्तै हाम्रो सौर्य प्रणाली बन्दै गर्दा, पूर्ववर्ती ब्याक्टेरियाजस्ता जीवाणु र अझ साधारण न्यूक्लियोटाइड्सहरु कमेट, एस्टेरोइड्स आदिका माध्यमबाट अन्तरिक्षबाट पृथ्वीमा आएको हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि, यी गणनाहरु वैज्ञानिक सत्यतामा आधारित नरहेको जनाएको छ ।
स्यारोभका अनुसार यदि उनले यस कुरामा बाजी राख्नु परेमा, उनले भने ‘यो कुरा ९९ प्रतिशत सत्य छ कि पृथ्वीको सुरुवातभन्दा अगाडि नै जीवन थियो तर, अझै हामीले १ प्रतिशत कुनै सम्भावनाका लागि बाँकी राखेका छौँ ।’
यदि यो सिद्धान्त ‘पृथ्वीपूर्व जीवन’ सत्य पाइएमा अन्तरिक्षमा जीवन हुने वर्षौं पुरानो विश्वास थप प्रगाढ हुनेछ ।

No comments:

Post a Comment