निगमको जहाज मुस्ताङमा दुर्घटना, ठूलो मानवीय क्षती हुन पाएन
विमान अवतरणका क्रममा रनवे भन्दा बाहिर गएपछि अनियन्त्रित भएर कालीगण्डकीको किनारमा खसेको थियो । चालक दलका तीनसदस्य पाइलट डी प्रधान, को पाइलट सुरेश केसी र एयर होस्टेज एसएम तामाङसहित ११ नेपाली र ८ जापानी यात्रु रहेको विमान दुर्घटना हुँदा पाँच जना गम्भिर घाइेत भएका छन् भने अन्यको अवस्था सामान्य रहेको छ । गम्भिर पाँच जनालाई थप उपचाकार लागि तारा एयरको विमानबाट पोखरा ल्याइएको छ ।
दुर्घटना स्थल नजिकै नेपाली सेनाको ब्यारेक भएका कारण छिटो उद्दार भएको र विमानको पखेटा भाँचिनु बाहेक अरु कुनै क्षति नभएको स्थानीय समाजसेवी तथा प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले जानकारी दिनुभयो ।
No comments:
Post a Comment