Tuesday, April 29, 2014


लाग्छ म भाग्यमानी छु ।
आमा भन्दा हजुर भन्ने मान्छे हुदा हुदै अनाथालय भन्दा मुटुमा चसक्क हुन्छ । जन्म दिने आमा बा नहुदैमा संसारमा कोहि पनि अनाथ हुदैन भन्ने लाग्छ । जिवन भर आमाको भुमिका निर्वाह गर्न पाँउ , कुनै पनि दुःख सुखमा म विचलित नभै सेवामा यसरी नै समर्पित हुन सकौ । अझै पनि बाटोमा, सडक, पेटीमा, फोहोरको थुप्रोमा धेरो आमा बा, छोरा छोरीहरु साथ र सहयोगको खोजीमा भएको देख्छु । यस्तो लाग्छ कहिले यिनीहरु सबैलाई खुवाउने पुग्ने खाद्यन्न होला ? लाउने लत्ताकपडा होला ? बाँस दिनलाई ओछयान र घर होला ? हजुरहरु सबैलाई आमा समान याद, प्यार माया, ममता, मान सम्मान गर्न चाहान्छु ।

बौद्ध संस्कृति र पुरातात्विक महत्वको काँक्रेबिहार

बौद्धमार्गीका लागि काँक्रेबिहारलाई बौद्ध बिहार हो भने हिन्दुहरूका लागि हिन्दु मन्दिर । मान्यता वा धारणा बेग्लाबेग्लै भए पनि नेपालको इतिहासमा काँक्रेबिहार एउटा पुरातात्विक महत्त्वको थलो रहेकोमा विवाद छैन ।
झण्डै एक दशकअघि पुरातत्व विभागले सुर्खेत उपत्यकाको लाटी कोइलीगाउँमा उत्खनन गरेर बुद्धका मुर्तिसहितका भग्नावशेष फेला पारेपछि विश्वकै ध्यान यसतर्फ तानिएको हो । मध्य कालमा निर्माण भएर लामो समय गुमनाम रहेको काँक्रेबिहारले त्यसपछिका दिनमा निकै चर्चा पाएको हो । पुरातात्विक महत्व, इतिहास र कलाकृतिको खुल्ला विश्वविद्यालय, सींजा उपत्यकाका खस राजाहरूको इतिहास र धर्मको खोज-अनुसन्धानका दृष्टिले मात्र होइन, पर्यटकीय दृष्टिले पनि यो क्षेत्र महत्वपूर्ण भइसकेको छ ।
images_5यसैलाई केन्द्रविन्दु बनाएर थुप्रै विदेशी बौेद्धभिक्षुले पश्चिम नेपालको महाचैत्य लुम्बिनीपछिको ठूलो र पुरानो बिहारको रुपमा काँक्रेबिहारको दर्शन गरिरहेका छन् । बुद्धको बारेमा अध्ययन गर्ने विद्यार्थीका लागि त यो झन अन्वेषणको नयाँ विषयवस्तु बनेको छ । यद्यपि सुर्खेतका धार्मिक संस्थाहरूले काँक्रेबिहारलाई एकलौटी रुपमा आˆनो धर्म र दर्शनसँग सम्बन्धित रहेको भनी दाबी गर्ने गरेका छन् ।
काँक्रेबिहार नेपालको मध्य पश्चिम क्षेत्रमा अवस्थित सुर्खेत जिल्लाको बीच भागमा पर्दछ । चुरे पर्वत र महाभारत पर्वतशृङ्खलाबीचमा रहेको सुर्खेत जिल्लामा सानाठूला गरी धेरै उपत्यका पाइन्छन् । यीमध्ये सुर्खेत उपत्यका सबैभन्दा ठूलो रहेको छ, जुन पूर्व पश्चिम भएर फैलिएको छ । सुर्खेत उपत्यकाकै लाटीकोइली गाउँमा डेढ किलोमिटर पूर्व पश्चिम भएर फैेलिएको करिब सय मिटर अग्लो डाँडामा काँक्रेबिहार छ । उक्त स्थान वीरेन्द्रनगर नगरपालिकाको मङ्गलगढीबाट दक्षिण पुर्वमा करिब पाँच किलोमिटर टाढा पर्दछ ।
विभिन्न देवदेवी
बाहांै शताब्दीमा निर्माण भएको र साठी फिट अग्लो काँक्रेबिहार शिखर शैलीमा रहेको बताइन्छ । बौद्ध धर्म प्रचलनमा रहेका जापान, चीन मुख्यभूमि र चीन स्वशासित क्षेत्र तिब्बतका पुरातत्वविद्हरू सो क्षेत्रबारे अध्ययन गर्न आउने गरेका छन् ।
पुरातत्व विभागले काँक्रेबिहारको अवशेषका रुपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ । पुनर्निर्माण भएको स्थानको पूर्वदक्षिणमा एउटा सानो कोठा छ । यत्रतत्र छरिएर रहेका बहुमूल्य ढुङ्गाहरूको संरक्षण एक वर्षयता मात्र थालिएको छ । वन क्षेत्रमा रहेकाले पानी, घाम, हावाबाट मात्रै होइन,े स्वदेशी तथा विदेशी पर्यटकहरूबाट बचाउन टहरा बनाएर जाली ठोकिएका छन् । बेवारिसे अवस्थामा रहेको त्यस्ता ढुङ्गाहरू पुरातात्विक महत्वका भएकाले विभागद्वारा अङ्क लेख्ने काम भने भएको छ ।
मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथ लगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । शिव, पार्वती र सरस्वतीका मुर्तिहरू पनि पाइन्छन् ।
बौद्धमार्गीको बसोबास
काँक्रेबिहार वन क्षेत्रको प्रवेशद्वारमा थुप्रै बौद्धमार्गीले बसोवास गरेको पाइन्छ । हिन्दु धर्ममा आस्था राख्नेहरू पनि छन् । बौद्धमार्गीको रुपमा रहेका नेवारहरू, गुरुङहरूको पनि बस्ती नै छ । काँक्रेबिहारमा बौद्धमार्गीहरूले बौद्ध स्तुपा, स्वयम्भूमा राख्ने गरेको बुद्धका उपदेशहरू लेखिएका कपडाका ध्वजाहरू राखिएका छन् ।
धारणा
सुर्खेतका समाजसेवी तथा प्रकृतिवादी नारायण शर्माले सिंजा उपत्यकाका खस राजाहरू रिपु मल्ल, अशोक चल्ल र प्रचल्लको शासन वि.सं. १२४५ देखि १३७५ सम्ममा शिखर शैलीको बिहार निर्माण भएको बताउनुभयो । ती खस राजाहरू बौद्धमार्गी भए पनि धार्मिक सहिष्णुभाव राख्ने भएकाले शिव, पार्वती र सरस्वतीका मूर्तिहरूलाई पनि स्थान दिइएको हुनसक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार, भारतको गढवाल -पहिले नेपालको भूभाग) मा भेटिएका शिखर शैलीका बिहारसँग काँक्रेबिहारको शैली मिल्दछ । त्यसबाट सिंजा उपत्यकाको प्रविधि त्यहाँसम्म फैलिएको अनुमान गर्न सकिन्छ । काँक्रेबिहारको यथार्थ इतिहासलाई बाहिर ल्याउन सकिएमा सिंजा उपत्यका र दैलेख डल्लुका खस राजाहरूका बारेमा पनि बुझ्न उपयोगी सिद्ध हुन्छ । बेलायती पुरातत्वविद्ले अध्ययनपछि हाल भारतमा रहेको गढवालमा पनि सोही प्रकारका बिहार रहेको उल्लेख गरेका छन् ।
लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा इतिहासविद् प्रा .डा. त्रिरत्न मानन्धर काँक्रेबिहार बौद्ध बिहार भएको बताउनुहुन्छ । बिहार भनेपछि बुद्धत्वसँग सम्बन्धित हुने भएकोमा जोड दिँदै उहाँले नेपालमा हिन्दु धर्मको अतिक्रमणको चपेटामा काँक्रेबिहार पनि परेकाले त्यहँा पछि शिव-पार्वती र सरस्वतीको मुर्ति स्थापना गरिएको हुनसक्ने बताउनुभयो ।
कणर्ाली प्रदेशमा उहिल्यैदेखि नै बौद्ध संस्कृतिका बारेमा अभिलेखहरू रहेको इतिहासविद्हरूका भनाइ छ । तत्कालीन खस राजा रिपु मल्लले कणर्ाली क्षेत्रमा बुद्ध धर्मर् प्रचार गरेको पाइन्छ । नेपालमा धार्मिक सहिष्णुता रहेकाले अन्य क्षेत्रमा जस्तै काँक्रेबिहारमा पनि बौद्ध र हिन्दु देवदेवीका मूर्ति राखिएको हुनसक्ने अनुमान पनि सहजै गर्न सकिन्छ । यसैगरी, कणर्ाली प्रदेशका अर्का तत्कालीन राजा जितारी मल्लले नेपाल संवत ४०९ मा नेपाल उपत्यकामा आक्रमण गरी हिन्दु र बौद्ध देवदेवीको पूजा गरेर फेर्केको इतिहास पनि छ ।
पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीले भने मन्दिर वा बौद्धबिहार जे भने पनि ढुङ्गाको प्रकृति, आकार, बनोटको आधारमा पूर्ण रुपमा नबनेको बताउनुहुन्छ । उहाँले बौद्ध बिहार हो वा मन्दिर भन्ने बारेमा र कसले बनाउन लगाएको हो भन्ने बारे कुनै पनि ठोस प्रमाण नभेटिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले कुन शैलीमा निर्माण हुन लागेको हो भन्ने बारेमा द्विविधा रहेको बताउँदै ढुुङ्गाका जोर्नीहरू पर्याप्त नभएकाले निर्माण कार्यसँगै भत्केको हुनसक्ने र स्थापना नै नभएको हुनसक्ने पनि बताउनुभयो । उहाँका अनुसार, पुरातत्वविद्हरूको अनुसन्धान कार्य जारी छ र अहिलेसम्म ठोस प्रतिवेदन आएको छैन ।
सहायक रेसम मार्ग
सुर्खेत उपत्यका मध्यकालमा व्यापार, कला र संस्कृतिको सङ्गमस्थल रहेको पाइन्छ । भारत भएर वर्तमान चीन स्वशासित क्षेत्र तिब्बत र चीन मुख्यभूमि वा मध्य एसियासँग सम्पर्क गर्न नेपालको दक्षिणमा रहेको पश्चिम तराई भएर सिंजा उपत्यका र डल्लु भएर रेसम मार्ग छुने गरिएको बताइन्छ ।
समाजसेवी तथा प्रकृतिवादी नारायण शर्माले बेलायती पुरातत्वविद्हरूका भनाइ उद्धृत गर्दै पूर्व पश्चिम भएर एसियादेखि युरोपसम्म फैलिएको रेशम मार्ग 'सिल्क रोड' सँग दक्षिण मधेसबाट सुर्खेत काँक्रेबिहार भएर जुम्लामार्फत् जोडेको इतिहास फेला पार्न सकिने विश्वास ब्यक्त गर्नुभयो । यसैगरी, सुर्खेतलाई केन्द्र मानेर पूर्व पश्चिम बाटो भएकाले यही बाटो भएर -हाल भारतमा पर्ने) गढवाल जाने परम्परा पनि रहेको बताइन्छ ।
खुल्ला संग्रहालय
शिखर शैलीमा बौद्ध बिहार वा मन्दिर बनाउने भन्ने विषयमा बहस भइरहेको भए पनि सम्बन्धित निकायले ध्यान नदिएकाले अब काँक्रेबिहारलाई संरक्षित वन भित्रको खुला सङ्ग्रहालयको रुपमा विकसित गरिने थाहा हुन आएको छ । यद्यपि सरकारले यससम्बन्धी कुनै पनि नीति नियम बनाएको छैन । इतिहासको धरोहरको रूपमा रहेको मध्यकालमा निर्माण भएको काँक्रेबिहारलाई खुला सङ्ग्रहालय बनाउने योजनालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गरिनुपर्ने माग भने स्थानीय वासिन्दाको छ ।
निर्माण बजेट
करिब ६० फिटको उचाई हुने काँक्रेबिहारको पुनःनिर्माणका लागि करिब चार करोड रूपियाँ आवश्यक पर्ने पुरातत्व विभागको अनुमान छ । शाहीकालमा उक्त विषयमा चासो देखाइएको भए पनि अहिले सरकार मौन देखिन्छ ।
ढुङ्गा चोरी
विभिन्न पक्षका आ-आˆना तर्क चलिरहेको बेला काँक्रेबिहारका बहुमूल्य र पुरातात्विक महत्वका ढुङ्गाहरूमा स्थानीय वासिन्दाले नोक्सान पुर्‍याइरहेका छन् । ढुङ्गामा विभिन्न नाम लगायत विभिन्न कुरा लेख्ने, कोर्ने सामान्य भएका छन् । केही ढुङ्गा त स्थानीय वासिन्दाले चोरेर लेगेको आरोप लगाउनेहरू पनि छन् ।
प्राकृतिक सौन्दर्य
प्राकृतिक सौन्दर्यको दृष्टिले पनि काँक्रेबिहार महत्वपूर्ण देखिन्छ । त्यहाँ विभिन्न प्रकारका रुख र वनस्पति रहेको संरक्षित हरियाली वनभित्र विभिन्न प्रकारका चराचुरुङ्गीहरू, पुतलीहरू हेर्न सकिन्छ । जङ्गली चौपायाहरू पनि देख्न पाइन्छ । मृग, हरिणहरू पनि पर्याप्त पाइने स्थानीय वासिन्दाहरूको भनाइ छ । उक्त स्थानमा एउटा भ्यू टावर निर्माण गर्ने हो भने सुर्खेत उपत्यकामा रहेकेा सानो सुर्खेत -दक्षिणी भाग) र ठूलो सुर्खेत -वीरेन्द्रगर नगरपालिका रहेका भाग) को दृश्यावलोकन राम्रोसँग गर्न सकिन्छ । त्यहाँबाट बुलबुले ताल र देउती बज्यै मन्दिरलगायत सुर्खेतका फाँटहरू राम्ररी देख्न सकिन्छ । विभिन्न स्थानमा पिकनिक स्थल निर्माण गर्न सकिएमा काँक्रेबिहारको लोकपि्रयता झनै बढ्ने छ ।
आन्तरिक पर्यटनमा प्रवर्द्धन
काँक्रेबिहारका बारेमा ठोस रुपमा अनुसन्धान गर्न देश विदेशका पुरातत्वविद् र इतिहासविद्ले सो क्षेत्रमा अध्ययन-भ्रमण गरिसकेका छन् । एकातिर धार्मिक आस्था र अर्कोतिर विवादको कारण सो क्षेत्रमा जानेको सङ्ख्या बढेको छ । नेपालका आन्तरिक पर्यटक हुन् वा विदेशी पर्यटक तिनीहरूले काँक्रेबिहारको नेपाल सरकारले ठोस निर्णय गर्नुपर्ने धारणा राखेको त्यहाँ रेखदेख गर्ने चौकीदारले बताएका छन् । सुर्खेत जिल्लाका एमाओवादी नेता कृष्णप्रसाद धमला 'गम्भीर' ले पश्चिम नेपालमा लुम्बिनीपछि सबैभन्दा पुरानो उक्त काँक्रेबिहारलाई विश्वसामु चिनाउनु पर्ने धारणा राख्नुहुन्छ । त्यसैगरी, सोही क्षेत्रमा घुम्न पुग्नुभएका विद्यार्थी टंक गैरेले बेवारिसे अवस्थामा रहेका ढुङ्गाहरूलाई पनि संरक्षण गर्न सम्बन्धित पक्षले ध्यान पुर्‍याउनु राम्रो हुने बताउनुहुन्छ ।
काठमाडांैबाट सुर्खेत घुम्न आएको बताउने श्रीजना शर्माले काठमाडांैको उराठलाग्दो जीवन छोडेर घुम्न आएको बताउँदै स्वच्छ, स्वस्थ, सफा हरियो वनभित्र त्यसरी इतिहास लुकेको भनेर कसैले पनि पत्याउन गार्‍हो हुने बताउनुभयो । चारैतिर फाँटले घेरेको काँक्रेबिहारबाट सानो सुर्खेत र ठूलो सुर्खेतलाई आँखाभरी कैद गर्न पाएकाले आफुलाई काठमाडांैको स्वयम्भुको डाँडामा रहेको जस्तो अनुभव भएको पनि उहाँले सुनाउनुभयो
निचोड
बौद्ध बिहार वा मन्दिर जे भए पनि नेपाल सरकारले काँक्रेबिहारसम्बन्धी प्रारम्भिक प्रमाणको आधारमा त्यसको बारेमा जानकारी दिने किसिमले केही गर्नु उपयुक्त हुन्छ । लाटीकोइली गाविसले एकजना स्थानीयलाई रेखदेख गर्न जिम्मा दिएको छ । बिहान उठेदेखि साँझसम्म रेखदेख गर्न बसेका उनलाई कुनै पनि सरकारी तलब वा भत्ता छैन । उनले पर्यटक र सवारी साधनबाट उठेको चन्दाबाट नै जीविकोपार्जन गरिरहेका छन् । गाउँ विकास र वीरेन्द्रनगरपालिकासँग पटक पटक ताकेता गर्दा पनि तलबको बारेमा र एकजना अर्काे कर्मचारी खटाउने उनको आग्रहको अहिलेसम्म सुनुवाइ भएको छैन ।
काक्रेबिहार बौद्ध बिहार होस् वा हिन्दु, कुनै दिन यसको यथार्थ सार्वजनिक हुने नै छ । नेपालको सिंंजा खस मल्ल राजाहरूका बारेमा नेपाल सरकारसँग यथेष्ट इतिहास नभएको अवस्थामा मध्य कालको इतिहासलाई पुनर्ताजगी दिन भने यो सफल भएको छ । काँक्रेबिहारसँग सम्बन्धित भएर आएको दक्षिण उत्तरको व्यापारमार्ग, जसले रेसम मार्ग 'सिल्क रोड' लाई जोडेको छ भन्ने विषयमा गहन अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन सकियो भने रेसम मार्ग नेपाल भएर गएको भन्ने इतिहासलाई थप पुष्टि गर्न सकिन्छ । यस्तो महत्वको विषयलाई हिन्दु वा बौद्ध धर्मसँग जोडेर हेर्नुभन्दा पनि नेपालका सभ्यतालाई विश्वसामु पुर्‍याउने दिशातर्फ कार्य हुनु उपयुक्त देखिन्छ ।
लुटेराको खोजी जारी, घाईतेको अबस्था गम्भिर
 १६ बैंशाख ।
 
पोखराको न्यूरोडमा दिनदहाडै गोली प्रहार गरी रकम लुटेर भागेका ३ जना अझै पक्राउ पर्न सकेका छैनन् । हिजो दिउसो ४ बजे यति डेभलपमेण्ट बैंकका कर्मचारी भगवान बरालमाथि गोली प्रहार गरी ३१ लाख ४२ हजार लुटेर भागेका तीन जनाको पहिचान खुल्न सकेको छैन ।
 
लुटेरा समुहको खोजी भैरहेको प्रहरीले बताएको छ । मेगा बचत तथा ऋण सहकारी संस्थाबाट दैनिक बचत रकम लिएर बाहिरिने क्रममा सहकारीकै हाताभित्र बरालमाथि सो समुहले गोली प्रहार गरी लुटपाट गरेको थियो । रकम लिनको लागि बराल संगै आएको सुरक्षा गार्ड गोबिन्द बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापाका अनुसार उनलाई नियन्त्रणमा लिएर बरालमाथि सो समुहले गोली चलाएको थियो ।
 
कन्चटमा गोली लागेका कास्कीको पुम्दीभुम्दी– ४ का बरालको पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनको अबस्था निकै गम्भिर रहेको अस्पतालले जनाएको छ । रकम लुटेर फरार भएका तीनै जनाको खोजीको लागि पोखराका सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पोखराका सबै नाका शिल गरी खोजी तिब्र पारिएको प्रहरी उपरिक्षक बसन्त कुमार लामाले बताए ।
 
घटनाको प्रकृति हेर्दा सबै जानकारी सहित पेशेवार लुटेराले रकम लुटेको प्रहरीको अनुमान छ । सहकारीबाट बैंकका कर्मचारीले रकम निकाल्ने समय, भाग्ने बैंकल्पिक स्थानको पहिचान जस्ता कारणले पूर्ब तयारीको साथ लुटपाट भएको हुन सक्ने आशंका गरिएको छ ।
 
घटनास्थलबाट प्रहरीले एक थान ९ एम एम को पेस्तोलमा लाग्ने गोली र खोका बरामद गरेको छ । ब्यबपारिक रुपमा निकै ब्यस्त र मानिसहरुको बाक्लो चहल हुने क्षेत्रमा दिउसै लुटपाट भएपछि पोखराका सुरक्षा चुनौति बढेको बिष्लेशण गरिएको छ । 

Thursday, May 23, 2013


दयालु बाउ : आफु नांगिएर छोराको उपचारसमाचार अनुसार चीनको एक स्कुलका चित्रकलाका विद्यार्थी सामु ती पुरुष नांगिएका हुन् र उनको नांगो चित्र ती विद्यार्थीले रङले कोरेका थिए ।आफ्ना सन्तानको माया कति हुन्छ भन्ने कुरा त बाउआमालाई मात्रै थाहा हुन्छ । यहीँ कुराको उदाहरण चीनका एक पिताले पनि पेश गरेका छन् । आफ्ना छोराको उपचारका लागि रकम जुटाउन चीनका एक पुरुष नांगिएका छन् ।
5313_nude_model__europicsआफ्ना छोरा गम्भीर रोगले थलिएपछि त्यसको उपचार गर्न आफुसँग पैसा नभएको हुँदा ४७ वर्षका जाहो चेनगेयोंग निर्वस्त्र बन्न तयार भए । बोनम्यारोमा रोग लागेपछि छोराकेा उपचार गर्न २० लाख रुपैयाँ भन्दा बढि रकम चाहिने भयो । बिचरा किसानी गर्ने जाहोसँग त्यतिधेरै पैसा थिएन । जसका कारण उनी कलाकारका अगाडि आफुलाई निर्वस्त्र बनाउन तयार भए र त्यसबापत घण्टाको झण्डै १५ सय रुपैयाँका दरले केही रकम जम्मा गर्न सफल पनि भए ।
पटक पटक कलाकार विद्यार्थीहरुको अगाडि आफुलाई नांगो बनाएर उनले आफ्नो नग्न चित्र कोर्न दिए । कलाकारिताका विद्यार्थीहरु आफुलाई निकै मन परेको र उनीहरु आफ्नो नांगो सरीर देख्दा नहाँसिकन निकै गम्भीर बनेर चित्र कोरेको उनको अनुभव छ । आफ्नो घरजग्गा बेचेर जम्मा गरेको रकममा आफु नांगिएर जम्मा गरेको रकम थपेर २२ वर्षको छोराको उपचार गराउने तयारीमा उनी छन् । धन्य छ यी दयालु बुवालाई ।

Tuesday, May 21, 2013


सत्ताको महाभारत

आजको नेपाल पहिलेजस्तो एक्लो र विश्व मञ्च्मा खास महत्व नभएको अनि दुई ठूलो देशकाबीचको एउटा उपेक्षित भूभागमात्र हैन। अहिले नेपाल विश्वव्यापी राजनीतिक दाउपेच तथा सामरिक चलखेलको पृष्टभूमिमा अमेरिकालगायतका विश्वका ठूला शक्ति तथा नयाँ विश्व शक्तिका रूपमा उदीयमान् दुई विशाल छिमेकी देशको सुरक्षा चासो र प्रभाव क्षेत्र विस्तारको दीर्घकालिक रणनीति अन्तर्गत आफ्नो प्रभाव क्षेत्रभित्र राख्नुपर्ने अवस्थामा पुगिसकेको देश हो। यसै उद्देश्यका लागि नेपाल शक्ति केन्द्रको चलखेलको अखडा बनी सकेको छ।

नेपालको प्राकृतिक स्रोत साधनमाथि नियन्त्रणको प्रश्न होस् वा हाम्रो भूमिलाई यस क्षेत्रमा आफ्नो दीर्घकालिक आर्थिक र सामरिक रणनीतिक उद्देश्य पूर्ति गर्नका लागि होस् अमेरिकालगायतका पश्चिमा शक्ति तथा छिमेकीका अआफ्नै रणनीति छ। यसलाई सजिलो बनाउन र आफू अनुकूल सहज वातावरण बनाउन राष्ट्रियको राजनीतिमा बलियो पकड तथा प्रभाव कायम राख्नुपर्ने हुन्छ। आजको तरल संक्रमणकालीन अवस्थामा यो काम सजिलो छ र निर्वाध रूपमा अगाडि बढेको छ। फलस्वरूप नेपालको राजनीति नेपालीहरूको चाहना र आवश्यकताभन्दा विदेशीको दाउपेचको सिकार हुन पुगेको छ। बाह्र बुँदे सहमतिबाट सुरु भएको राजनीतिक सहमति र सहकार्यको संस्कृति सत्ता लिप्सा, पारस्परिक द्वन्द्व, अविश्वासआदिले अवरुद्ध भएको छ। सबै पार्टी नेतृत्व देशको यथार्थ र जनचाहना बिर्सेर सत्ता प्राप्तिका लागि बाहिरी शक्तिको पकडमा पर्दै गएको संकेत देखिन थालेको छ।

नेपालमा उत्पन्न हुने कुनै पनि अस्थिरता, आन्तरिक द्वन्द्व, जातीय, क्षेत्रीय, भाषिक वा धार्मिक भिडन्तले बाहिरी शक्तिको स्वार्थ पूरा गर्न मलिलो माटोको काम गर्ने हुँदा तिनले नेपालको शान्ति, समृद्धि, एकताका पक्षमा कूटनीतिक शब्दमा जे भने पनि त्यसलाई निस्वार्थ अभिव्यक्ति र भाइचारा सद्भाव ठान्नु तथा सत्ता मोहमा तिनको आड लिनु गलत हुनेछ। विडम्बना, देशको राजनीतिमा प्रभावकारी स्थान ओगटेका र सामयिक राजनीतिक घटना विकासमा निर्णाय स्थान भएका तीन प्रमुख दल र मधेशवादी दल यो अथवा त्यो रूपमा आफ्नो राजनीतिक अभीष्ट तथा सत्ता स्वार्थबाट प्रेरित भएर जानेर होस् वा नजानी देशमा अस्थिरता कायम राख्ने र भिडन्तको स्थिति उत्पन्न गर्ने खेलतर्फ डोरिँदै गएका छन्। देशको भविष्यसँग गरिएको यो दुःखद खेलबाड हो।123

विगतमा माओवादीको शक्ति अहंकारबाट जन्मेको अतिक्रान्तिकारी उन्माद तथा प्रत्येका घटना विकासलाई नयाँ क्रन्तिकारी फड्कोमा परिणत गरी जनवादी क्रान्ति सम्पन्न गर्नेजस्ता उर्बौलो प्रवृत्ति तथा अवस्तुगत तथा अराजनीतिक क्रियाकलापले लामो समयसम्म संसद् तथा सडक अवरुद्ध रहेको हो। त्यसबाट संविधान लेखन तथा शान्तिप्रकृया तथा संविधान लेखन धरापमा पर्‍यो, जनताले दुःख पाए र देशको अर्थतन्त्र ओरालो धकेलियो। देशले स्थिर तथा प्रभावकारी सरकार पाउन सकेन।

अहिले एमालेको अराजनीतिक तथा अवस्तुवादी हठले संसदका साथै सम्पूर्ण राजनीतिक प्रवाह अवरुद्ध गरेको छ। नयाँ सरकार गठनमा राष्ट्रिय सहमतिको नाममा चार सय एक सभासद्को समर्थन पाउने र नपाए मैदानबाट हट्ने एमालेको निर्णय र झलनाथ खनालको उम्मेदवारीलाई परिपक्व राजनीतिक चिन्तन र सुझबुझको निर्णय भन्न सकिँदैन। न त आफ्नो पार्टीको अध्यक्षलाई पिँजडामा बन्द गरेर निर्वाचन मैदानमा ओराल्ने त्यस पार्टीको कदमलाई आजको राजनीतिक अवस्थामा राजनीतिक निकास खोज्ने सत्प्रयासको राजनीतिक निर्णय नै भन्न सकिन्छ। एमालेले माधवकुमार नेपाललाई राजीनामा गराउन बाध्य गर्नु र निर्वाचनपूर्व सत्ताधारी पार्टीका हैसियतले सहमतिको नयाँ विकल्प खोज्ने प्रयास गरेको भए र राष्ट्रिय सहमति कायम नभए सत्ताबाहिर रहने निर्णय गरेको भए त्यसले केही सकारात्मक दबाब सिर्जना गर्नसक्थ्यो होला। आज यो अभ्यास निरर्थकमात्र होइन देश तथा स्वयम् एमालेका लागि घातक अवरोध हुनपुगेको छ।

देश सरकारविहीन राजनीतिक शून्यताको अवस्थामा पुगेको छ र संसद् अन्तहीन निर्वाचनको गोलचक्करमा फसेको छ। भविष्यमा इतिहासकारले एमाले नेतृत्वको यस निर्णयलाई व्यक्तिवादी प्रतिशोधबाट प्रेरित राजनीति भनेछन् भने त्यो गलत हुनेछैन। आफँैले प्रधानमन्त्रीमा प्रस्तावित गरेका माधव नेपालको सुविधाजनक बहुमत भएको र आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार गिराउन एमालेभित्रैबाट भएको चलखेल र स्वयम् झलनाथ खनालका सार्वजनिक अभिव्यक्ति माओवादीले सरकारमाथि गरेको प्रहारभन्दा कम थिएन। फरक यत्तिमात्रै थियो - माओवादीबाहिरबाट प्रहार गर्दैथियो जसलाई प्रमुख प्रतिपक्षी पार्टीले सरकार गिराउन गर्ने स्वाभाविक अभ्यास मान्न पनि सकिएला, तर एमालेका वरिष्टतमदेखि कनिष्ट नेताहरूले पार्टीभित्रबाटै गरेको प्रहार खाँटी अराजनीतिक चरित्रको थियो। खनाल स्वयं यस खेलमा कति सक्रिय थिए यसै भन्न नसकिए पनि घटनाक्रमको विकास र आजको राजनीतिक परिणामले त्यस प्रक्रियामा उनको सहमति र सहभागिता थिएन भन्न सकिने आधार छैन।

सत्ताको नेतृत्व गर्दा सरकार, सेना तथा माओवादी लडाकुको नेतृत्व आफ्नो हातमा भएको र शान्ति पक्रिया सहजै निष्कर्षमा पुर्‍याउन सकिने बेलामा र प्रतिपक्षमा रहँदासमेत माओवादी नेतृत्व शान्ति पक्रिया टुंगोमा पुर्‍याउन अनिच्छुकमात्र होइन आफ्नो सैन्यबलको ताकतमा सत्ता कब्जा गर्ने अभ्यासमा रहेको थियो। पटकपटकका हड्ताल, घेराउ, संसद बन्द यसै उद्देश्यका लागि गरिएका थिए। हुनत, अवस्था त्यसभन्दा भिन्न थियो तर माओवादी नेतृत्वले आफ्नो प्रत्येक प्रयासलाई सत्ता प्राप्तिको अन्तिम कदमका रूपमा लियो। काठमाडांै घेराउका बेला ‘अब विजयको माला लगाएरमात्र फर्कन्छौँ' जस्ता अभिव्यक्ति सत्ता कब्जा यस्तै खयाली पुलावका परिणाम थिए। फलस्वरूप देश अहिले सत्ता संघर्षको चरम विन्दुमा छ र शान्ति प्रक्रिया र संविधान लेखनको काम अवरुद्ध छ।

जेठ १४ गते आधारातमा गरिएको कथित सहमतिको पहिलो बुँदा कार्यान्वयन गर्न अहिले पनि माओवादीको इच्छा न रहेको स्पष्ट देखापरेको छ। माधव नेपालको राजीनामापछि तुरुन्तै पाँच दिनभित्र सहमति कार्यान्वयन गर्ने वचनबद्धताबाट माओवादी नेतृत्व पछि हटेकै हो र शान्ति प्रक्रियासँग सम्बद्ध विषयलाई थाती राखी आफ्नो नेतृत्वमा सरकार गठन गर्न कसरत गर्दैछ। माओवादी नेतृत्वले आफ्नो शासनकालमा शान्ति प्रक्रियालाई पूर्णता दिएन भने माधव नेपालको पालामा शान्ति प्रक्रिया र संविधानभन्दा सत्ताकै लागि संघर्षरत रह्यो। अहिले तीन बुँदे सहमति गर्दा गरेको प्रतिबद्धताबाट पछि हटेको छ। साथै संविधानको अन्तरवस्तुमा उसले अगाडि सारेका प्रावधानमा पुनर्विचार गरी लोकतान्त्रिक संविधान लेखनमा सहमत हुने कुनै ठोस तथा विश्वासिलो आधार र प्रतिबद्धता जनाएको छैन। यस अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएपछि पनि यो कार्य पूरा गर्नेछ भन्नेमा अन्य राजनीतिक दल तथा सामान्य जनता विश्वस्त हुन सक्ने अवस्था छैन।
निर्वाचनको अन्तहीन शृंखलामा पुष्पकमल दहाल र रामचन्द्र पौडेल पटक पटकको पराजयलाई विजय ठानी आआफ्नो ठाउँमा अडिग छन्। देशको भविष्य अन्धकार भए पनि सत्ता प्राप्त नभएसम्म आफ्नो ठाउँबाट हट्ने मनस्थितिमा छैनन्।

यस अवस्थामा सत्ताको संघर्षमा देशको भविष्य दाउमा परेको छ। राजनीतिक पार्टीहरू अन्तरिकरूपमा विभाजित छन् र विभाजनलाई अझ बढी फराकिलो गर्ने प्रयास भइरहेको छ। माओवादी एमालेभित्र गहिरो विभाजनको रेखा कोर्न सफल भएको छ भने अब आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठन गर्ने लक्ष्य प्राप्त गर्न अरू पार्टी विभाजन गराउन प्रयासरत छ। तर हेक्का राख्नुपर्ने के हो भने यस्ता अराजनीतिक क्रियाकलाप र आजको अवस्थामा कुनै पनि पार्टीको विभाजन र टुटफुटले देश राजनीतिकरूपमा पराधीन हुनसक्ने खतराका बढ्छ। साथै देश राजनीतिकरूपमा झन् कमजोर हुनेछ। देशको राजनीतिमा पार्टीहरूको पकड गुम्ने खतरा उत्पन्न हुनेछ। यही अवस्थाबाट देश अन्धकार युगमा प्रवेश गर्नेछ।

पार्टीहरूभित्रको अन्तरकलह र अरू पार्टीबीचको अविश्वासको खाडल नपुर्दै माधव नेपाल नेतृत्वको सरकारको राजीनामा दिलाइँदा लामो समयसम्म राजनीतिक शून्यताको अवस्थामा धकेलिनु निश्चितै थियो। तर यस अभ्यासलाई एमाले नेतृत्व पंक्तिको एउटा समूह र माओवादीद्वारा जोड दिइयो। यसबाट एमालेभित्रको अन्तरकलह बढाउने र देशलाई राजीतिक शून्यताको अवस्थामा पुर्‍याएर आफ्नो अभीष्ट पूरा गर्न चाहने शक्तिलाई केही समय सन्तुष्टि मिलेपनि नेपाली माटोमा आफ्नो वर्चस्व कायम गर्न चाहने शक्तिबाहेक अरू कसैलाई लाभ हुनेछैन।

देश अहिले राजनीतिक शुन्यता र सरकारविहीन अवस्थामा छ। हस्तक्षेपकारी शक्ति बढी गतिशील छन्। यस अवस्थामा देशलाई जोगाउन यस निर्वाचनको गोलचक्करलाई सहमतिका आधारमा समाप्त गरी तथा सत्तामोह छोडी नयाँ विन्दुबाट राजनीतिक सहमतिको बाटो खोज्नुबाहेक अर्को विकल्प देखिँदैन। आज संविधानमात्र होइन लोकतन्त्र र देशको भविष्य नै खतरामा छ। सबैले समयमै चेत्नु हितकारी हुनेछ।
                                                                      

पाको महिलासंग यौन संबन्ध राख्ने ‘डर्टी म्यान’

काठमाडौं /निर्देशक राजु लामाले आफूभन्दा पाका महिलासंग यौनसम्पर्क राख्न चाहने किशोरको कथामा चलचित्र ‘डर्टी म्यान’ निर्माण गरेका छन् ।
लामाले भने, ‘अल्लारे बैंसमा प्रवेश गरेको किशोरले आफूभन्दा पाका महिलासंग गाँस्न खोज्ने सम्बन्धबारे फिल्म केन्द्रित छ । नेपाली दर्शकलाई मेरो फिल्मले नयाँ स्वाद दिनेछ ।’ यसअघि ‘क्यारेङग्याङ’, ‘क्यारेङग्याङ २’, ‘तिम्रो घर मेरो ससुराली’लगायत चलचित्र निर्माण गरेका लामाको डर्टी म्यानमा १३ वर्षीय किशोर अजु लामा प्रमुख भूमिकामा छन् । उनी लामाका अघिल्ला चलचित्रमा समेत प्रमुख भूमिकामा थिए । चलचित्रमा उनी आफूभन्दा सिनियर युवती प्रिया भट्टराईसँग प्रेम गर्ने भूमिकामा रहेको जानकारी निर्देशक लामाले दिए ।
सेन्सर नहुँदैंै निर्माण युनिट आफैंैले १६ वर्षमुनिका दर्शकलाई हेर्न निषेध गरेको चलचित्रका निर्माता लक्ष्मी लामा हुन् । दीपक रमणको संगीत रहेको डर्टी म्यान ३२ साउनमा दर्शकमाझ आउने बताइएको छ ।

घरबाट भागेकी केटी आज बनेकी छिन् अरबपति

 उनलाइ विश्वास थियो कि उसको भाग्य विवाह गरी घर र बच्चालाई सम्भाल्नु नभई आकाशको उचाइलाइ छुनु हो । १७ वर्षको उमेरमा नै घरबाट भागेकी चन्दा आज अरबपति भैसकेकी छिन् । तपाइले सोच्नु भयो होला कि कसको यति धेरै वर्णन गरिदैछ भनेर हजुर यहाँ कुरा हुदैछ चन्दा जावेरीको जुन १७ वर्षको उमेरमा नै विवाहको दबाबले घरबाट भागेकी थिइन् ।


उही चन्दा जावेरी आज ३० वर्षपछि अरबपति भएकी छिन् । भारतको कलकत्तामा रहने चन्दा १७ वर्षको उमेरमा मात्र तीन वटा साडीलाइ लिएर घरबाट भागेकी थिइन् । आज भने अमेरिकाको एक सफल स्किन केयर कम्पनीको सीईओ भएकी छिन् । जावेरीलाइ घरबाट विवाहको लागि निकै नै दबाब दिएको र यदी विवाह नगरेमा उनको आमाले आत्महत्या गर्ने पनि धम्की दिएको जावेरीले बताएकी छिन् ।
चन्दासंग साथमा पैसा नभए पनि उनले हिम्मत नहारी आफ्नो लक्ष्य तर्र्फ बढेकी थिइन् भने अर्कातर्फ उनी भागेका कारण घरपरिवारलाइ एकदमै लज्जास्पद हुन परेको थियो । चन्दा घरबाट भागेपछि उनको घरपरिवारले निकै लज्जास्पद हुनु र झेल्नु परेको चन्दाका भाइ अरुण कुमारले बताएका छन् ।
चन्दा घरबाट भागेपछि छिमेकीहरुले उनीहरुलाइ निकै उडाएपनि आज उनी एक उदाहरण बनेकी छिन् । उनी एक सफल माँलिक्यूलर बायोलिजिस्ट बनेकी छिन् भने उनीसंग चारवटा पेटेंट पनि रहेको छ । चन्दाले कलकत्ताको पार्क स्ट्रीटमा एक विदेशी जोडी भेटेकी थिइन जसले उनलाइ बोस्टनमा बोलाएर मद्दत गर्ने आश्वासन दिएका थिए ।
त्यस समयमा चन्दासंग हिराको दुइवटा औठी थियो जसलाइ बेचेर उनी बेस्टन गएकी थिइन् । बोस्टनमा गएर चन्दाले एक बुजुर्गको घरमा काम गरेकी थिइन् । उनको सेवाबाट खुशी भएर मालिकले उनलाइ पढ्नको लागि ३० हजार डलर दिएका थिए । जुन पैसाले उनी हार्वर्डबाट मास्टर्स डिग्री लिएकी थिइन् । यसपछि चन्दाले बायोकेमिस्ट्रीमा आफ्नो रिसर्च सुरु गरेकी थिइन् ।