Thursday, May 23, 2013


दयालु बाउ : आफु नांगिएर छोराको उपचारसमाचार अनुसार चीनको एक स्कुलका चित्रकलाका विद्यार्थी सामु ती पुरुष नांगिएका हुन् र उनको नांगो चित्र ती विद्यार्थीले रङले कोरेका थिए ।आफ्ना सन्तानको माया कति हुन्छ भन्ने कुरा त बाउआमालाई मात्रै थाहा हुन्छ । यहीँ कुराको उदाहरण चीनका एक पिताले पनि पेश गरेका छन् । आफ्ना छोराको उपचारका लागि रकम जुटाउन चीनका एक पुरुष नांगिएका छन् ।
5313_nude_model__europicsआफ्ना छोरा गम्भीर रोगले थलिएपछि त्यसको उपचार गर्न आफुसँग पैसा नभएको हुँदा ४७ वर्षका जाहो चेनगेयोंग निर्वस्त्र बन्न तयार भए । बोनम्यारोमा रोग लागेपछि छोराकेा उपचार गर्न २० लाख रुपैयाँ भन्दा बढि रकम चाहिने भयो । बिचरा किसानी गर्ने जाहोसँग त्यतिधेरै पैसा थिएन । जसका कारण उनी कलाकारका अगाडि आफुलाई निर्वस्त्र बनाउन तयार भए र त्यसबापत घण्टाको झण्डै १५ सय रुपैयाँका दरले केही रकम जम्मा गर्न सफल पनि भए ।
पटक पटक कलाकार विद्यार्थीहरुको अगाडि आफुलाई नांगो बनाएर उनले आफ्नो नग्न चित्र कोर्न दिए । कलाकारिताका विद्यार्थीहरु आफुलाई निकै मन परेको र उनीहरु आफ्नो नांगो सरीर देख्दा नहाँसिकन निकै गम्भीर बनेर चित्र कोरेको उनको अनुभव छ । आफ्नो घरजग्गा बेचेर जम्मा गरेको रकममा आफु नांगिएर जम्मा गरेको रकम थपेर २२ वर्षको छोराको उपचार गराउने तयारीमा उनी छन् । धन्य छ यी दयालु बुवालाई ।

Tuesday, May 21, 2013


सत्ताको महाभारत

आजको नेपाल पहिलेजस्तो एक्लो र विश्व मञ्च्मा खास महत्व नभएको अनि दुई ठूलो देशकाबीचको एउटा उपेक्षित भूभागमात्र हैन। अहिले नेपाल विश्वव्यापी राजनीतिक दाउपेच तथा सामरिक चलखेलको पृष्टभूमिमा अमेरिकालगायतका विश्वका ठूला शक्ति तथा नयाँ विश्व शक्तिका रूपमा उदीयमान् दुई विशाल छिमेकी देशको सुरक्षा चासो र प्रभाव क्षेत्र विस्तारको दीर्घकालिक रणनीति अन्तर्गत आफ्नो प्रभाव क्षेत्रभित्र राख्नुपर्ने अवस्थामा पुगिसकेको देश हो। यसै उद्देश्यका लागि नेपाल शक्ति केन्द्रको चलखेलको अखडा बनी सकेको छ।

नेपालको प्राकृतिक स्रोत साधनमाथि नियन्त्रणको प्रश्न होस् वा हाम्रो भूमिलाई यस क्षेत्रमा आफ्नो दीर्घकालिक आर्थिक र सामरिक रणनीतिक उद्देश्य पूर्ति गर्नका लागि होस् अमेरिकालगायतका पश्चिमा शक्ति तथा छिमेकीका अआफ्नै रणनीति छ। यसलाई सजिलो बनाउन र आफू अनुकूल सहज वातावरण बनाउन राष्ट्रियको राजनीतिमा बलियो पकड तथा प्रभाव कायम राख्नुपर्ने हुन्छ। आजको तरल संक्रमणकालीन अवस्थामा यो काम सजिलो छ र निर्वाध रूपमा अगाडि बढेको छ। फलस्वरूप नेपालको राजनीति नेपालीहरूको चाहना र आवश्यकताभन्दा विदेशीको दाउपेचको सिकार हुन पुगेको छ। बाह्र बुँदे सहमतिबाट सुरु भएको राजनीतिक सहमति र सहकार्यको संस्कृति सत्ता लिप्सा, पारस्परिक द्वन्द्व, अविश्वासआदिले अवरुद्ध भएको छ। सबै पार्टी नेतृत्व देशको यथार्थ र जनचाहना बिर्सेर सत्ता प्राप्तिका लागि बाहिरी शक्तिको पकडमा पर्दै गएको संकेत देखिन थालेको छ।

नेपालमा उत्पन्न हुने कुनै पनि अस्थिरता, आन्तरिक द्वन्द्व, जातीय, क्षेत्रीय, भाषिक वा धार्मिक भिडन्तले बाहिरी शक्तिको स्वार्थ पूरा गर्न मलिलो माटोको काम गर्ने हुँदा तिनले नेपालको शान्ति, समृद्धि, एकताका पक्षमा कूटनीतिक शब्दमा जे भने पनि त्यसलाई निस्वार्थ अभिव्यक्ति र भाइचारा सद्भाव ठान्नु तथा सत्ता मोहमा तिनको आड लिनु गलत हुनेछ। विडम्बना, देशको राजनीतिमा प्रभावकारी स्थान ओगटेका र सामयिक राजनीतिक घटना विकासमा निर्णाय स्थान भएका तीन प्रमुख दल र मधेशवादी दल यो अथवा त्यो रूपमा आफ्नो राजनीतिक अभीष्ट तथा सत्ता स्वार्थबाट प्रेरित भएर जानेर होस् वा नजानी देशमा अस्थिरता कायम राख्ने र भिडन्तको स्थिति उत्पन्न गर्ने खेलतर्फ डोरिँदै गएका छन्। देशको भविष्यसँग गरिएको यो दुःखद खेलबाड हो।123

विगतमा माओवादीको शक्ति अहंकारबाट जन्मेको अतिक्रान्तिकारी उन्माद तथा प्रत्येका घटना विकासलाई नयाँ क्रन्तिकारी फड्कोमा परिणत गरी जनवादी क्रान्ति सम्पन्न गर्नेजस्ता उर्बौलो प्रवृत्ति तथा अवस्तुगत तथा अराजनीतिक क्रियाकलापले लामो समयसम्म संसद् तथा सडक अवरुद्ध रहेको हो। त्यसबाट संविधान लेखन तथा शान्तिप्रकृया तथा संविधान लेखन धरापमा पर्‍यो, जनताले दुःख पाए र देशको अर्थतन्त्र ओरालो धकेलियो। देशले स्थिर तथा प्रभावकारी सरकार पाउन सकेन।

अहिले एमालेको अराजनीतिक तथा अवस्तुवादी हठले संसदका साथै सम्पूर्ण राजनीतिक प्रवाह अवरुद्ध गरेको छ। नयाँ सरकार गठनमा राष्ट्रिय सहमतिको नाममा चार सय एक सभासद्को समर्थन पाउने र नपाए मैदानबाट हट्ने एमालेको निर्णय र झलनाथ खनालको उम्मेदवारीलाई परिपक्व राजनीतिक चिन्तन र सुझबुझको निर्णय भन्न सकिँदैन। न त आफ्नो पार्टीको अध्यक्षलाई पिँजडामा बन्द गरेर निर्वाचन मैदानमा ओराल्ने त्यस पार्टीको कदमलाई आजको राजनीतिक अवस्थामा राजनीतिक निकास खोज्ने सत्प्रयासको राजनीतिक निर्णय नै भन्न सकिन्छ। एमालेले माधवकुमार नेपाललाई राजीनामा गराउन बाध्य गर्नु र निर्वाचनपूर्व सत्ताधारी पार्टीका हैसियतले सहमतिको नयाँ विकल्प खोज्ने प्रयास गरेको भए र राष्ट्रिय सहमति कायम नभए सत्ताबाहिर रहने निर्णय गरेको भए त्यसले केही सकारात्मक दबाब सिर्जना गर्नसक्थ्यो होला। आज यो अभ्यास निरर्थकमात्र होइन देश तथा स्वयम् एमालेका लागि घातक अवरोध हुनपुगेको छ।

देश सरकारविहीन राजनीतिक शून्यताको अवस्थामा पुगेको छ र संसद् अन्तहीन निर्वाचनको गोलचक्करमा फसेको छ। भविष्यमा इतिहासकारले एमाले नेतृत्वको यस निर्णयलाई व्यक्तिवादी प्रतिशोधबाट प्रेरित राजनीति भनेछन् भने त्यो गलत हुनेछैन। आफँैले प्रधानमन्त्रीमा प्रस्तावित गरेका माधव नेपालको सुविधाजनक बहुमत भएको र आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार गिराउन एमालेभित्रैबाट भएको चलखेल र स्वयम् झलनाथ खनालका सार्वजनिक अभिव्यक्ति माओवादीले सरकारमाथि गरेको प्रहारभन्दा कम थिएन। फरक यत्तिमात्रै थियो - माओवादीबाहिरबाट प्रहार गर्दैथियो जसलाई प्रमुख प्रतिपक्षी पार्टीले सरकार गिराउन गर्ने स्वाभाविक अभ्यास मान्न पनि सकिएला, तर एमालेका वरिष्टतमदेखि कनिष्ट नेताहरूले पार्टीभित्रबाटै गरेको प्रहार खाँटी अराजनीतिक चरित्रको थियो। खनाल स्वयं यस खेलमा कति सक्रिय थिए यसै भन्न नसकिए पनि घटनाक्रमको विकास र आजको राजनीतिक परिणामले त्यस प्रक्रियामा उनको सहमति र सहभागिता थिएन भन्न सकिने आधार छैन।

सत्ताको नेतृत्व गर्दा सरकार, सेना तथा माओवादी लडाकुको नेतृत्व आफ्नो हातमा भएको र शान्ति पक्रिया सहजै निष्कर्षमा पुर्‍याउन सकिने बेलामा र प्रतिपक्षमा रहँदासमेत माओवादी नेतृत्व शान्ति पक्रिया टुंगोमा पुर्‍याउन अनिच्छुकमात्र होइन आफ्नो सैन्यबलको ताकतमा सत्ता कब्जा गर्ने अभ्यासमा रहेको थियो। पटकपटकका हड्ताल, घेराउ, संसद बन्द यसै उद्देश्यका लागि गरिएका थिए। हुनत, अवस्था त्यसभन्दा भिन्न थियो तर माओवादी नेतृत्वले आफ्नो प्रत्येक प्रयासलाई सत्ता प्राप्तिको अन्तिम कदमका रूपमा लियो। काठमाडांै घेराउका बेला ‘अब विजयको माला लगाएरमात्र फर्कन्छौँ' जस्ता अभिव्यक्ति सत्ता कब्जा यस्तै खयाली पुलावका परिणाम थिए। फलस्वरूप देश अहिले सत्ता संघर्षको चरम विन्दुमा छ र शान्ति प्रक्रिया र संविधान लेखनको काम अवरुद्ध छ।

जेठ १४ गते आधारातमा गरिएको कथित सहमतिको पहिलो बुँदा कार्यान्वयन गर्न अहिले पनि माओवादीको इच्छा न रहेको स्पष्ट देखापरेको छ। माधव नेपालको राजीनामापछि तुरुन्तै पाँच दिनभित्र सहमति कार्यान्वयन गर्ने वचनबद्धताबाट माओवादी नेतृत्व पछि हटेकै हो र शान्ति प्रक्रियासँग सम्बद्ध विषयलाई थाती राखी आफ्नो नेतृत्वमा सरकार गठन गर्न कसरत गर्दैछ। माओवादी नेतृत्वले आफ्नो शासनकालमा शान्ति प्रक्रियालाई पूर्णता दिएन भने माधव नेपालको पालामा शान्ति प्रक्रिया र संविधानभन्दा सत्ताकै लागि संघर्षरत रह्यो। अहिले तीन बुँदे सहमति गर्दा गरेको प्रतिबद्धताबाट पछि हटेको छ। साथै संविधानको अन्तरवस्तुमा उसले अगाडि सारेका प्रावधानमा पुनर्विचार गरी लोकतान्त्रिक संविधान लेखनमा सहमत हुने कुनै ठोस तथा विश्वासिलो आधार र प्रतिबद्धता जनाएको छैन। यस अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएपछि पनि यो कार्य पूरा गर्नेछ भन्नेमा अन्य राजनीतिक दल तथा सामान्य जनता विश्वस्त हुन सक्ने अवस्था छैन।
निर्वाचनको अन्तहीन शृंखलामा पुष्पकमल दहाल र रामचन्द्र पौडेल पटक पटकको पराजयलाई विजय ठानी आआफ्नो ठाउँमा अडिग छन्। देशको भविष्य अन्धकार भए पनि सत्ता प्राप्त नभएसम्म आफ्नो ठाउँबाट हट्ने मनस्थितिमा छैनन्।

यस अवस्थामा सत्ताको संघर्षमा देशको भविष्य दाउमा परेको छ। राजनीतिक पार्टीहरू अन्तरिकरूपमा विभाजित छन् र विभाजनलाई अझ बढी फराकिलो गर्ने प्रयास भइरहेको छ। माओवादी एमालेभित्र गहिरो विभाजनको रेखा कोर्न सफल भएको छ भने अब आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठन गर्ने लक्ष्य प्राप्त गर्न अरू पार्टी विभाजन गराउन प्रयासरत छ। तर हेक्का राख्नुपर्ने के हो भने यस्ता अराजनीतिक क्रियाकलाप र आजको अवस्थामा कुनै पनि पार्टीको विभाजन र टुटफुटले देश राजनीतिकरूपमा पराधीन हुनसक्ने खतराका बढ्छ। साथै देश राजनीतिकरूपमा झन् कमजोर हुनेछ। देशको राजनीतिमा पार्टीहरूको पकड गुम्ने खतरा उत्पन्न हुनेछ। यही अवस्थाबाट देश अन्धकार युगमा प्रवेश गर्नेछ।

पार्टीहरूभित्रको अन्तरकलह र अरू पार्टीबीचको अविश्वासको खाडल नपुर्दै माधव नेपाल नेतृत्वको सरकारको राजीनामा दिलाइँदा लामो समयसम्म राजनीतिक शून्यताको अवस्थामा धकेलिनु निश्चितै थियो। तर यस अभ्यासलाई एमाले नेतृत्व पंक्तिको एउटा समूह र माओवादीद्वारा जोड दिइयो। यसबाट एमालेभित्रको अन्तरकलह बढाउने र देशलाई राजीतिक शून्यताको अवस्थामा पुर्‍याएर आफ्नो अभीष्ट पूरा गर्न चाहने शक्तिलाई केही समय सन्तुष्टि मिलेपनि नेपाली माटोमा आफ्नो वर्चस्व कायम गर्न चाहने शक्तिबाहेक अरू कसैलाई लाभ हुनेछैन।

देश अहिले राजनीतिक शुन्यता र सरकारविहीन अवस्थामा छ। हस्तक्षेपकारी शक्ति बढी गतिशील छन्। यस अवस्थामा देशलाई जोगाउन यस निर्वाचनको गोलचक्करलाई सहमतिका आधारमा समाप्त गरी तथा सत्तामोह छोडी नयाँ विन्दुबाट राजनीतिक सहमतिको बाटो खोज्नुबाहेक अर्को विकल्प देखिँदैन। आज संविधानमात्र होइन लोकतन्त्र र देशको भविष्य नै खतरामा छ। सबैले समयमै चेत्नु हितकारी हुनेछ।
                                                                      

पाको महिलासंग यौन संबन्ध राख्ने ‘डर्टी म्यान’

काठमाडौं /निर्देशक राजु लामाले आफूभन्दा पाका महिलासंग यौनसम्पर्क राख्न चाहने किशोरको कथामा चलचित्र ‘डर्टी म्यान’ निर्माण गरेका छन् ।
लामाले भने, ‘अल्लारे बैंसमा प्रवेश गरेको किशोरले आफूभन्दा पाका महिलासंग गाँस्न खोज्ने सम्बन्धबारे फिल्म केन्द्रित छ । नेपाली दर्शकलाई मेरो फिल्मले नयाँ स्वाद दिनेछ ।’ यसअघि ‘क्यारेङग्याङ’, ‘क्यारेङग्याङ २’, ‘तिम्रो घर मेरो ससुराली’लगायत चलचित्र निर्माण गरेका लामाको डर्टी म्यानमा १३ वर्षीय किशोर अजु लामा प्रमुख भूमिकामा छन् । उनी लामाका अघिल्ला चलचित्रमा समेत प्रमुख भूमिकामा थिए । चलचित्रमा उनी आफूभन्दा सिनियर युवती प्रिया भट्टराईसँग प्रेम गर्ने भूमिकामा रहेको जानकारी निर्देशक लामाले दिए ।
सेन्सर नहुँदैंै निर्माण युनिट आफैंैले १६ वर्षमुनिका दर्शकलाई हेर्न निषेध गरेको चलचित्रका निर्माता लक्ष्मी लामा हुन् । दीपक रमणको संगीत रहेको डर्टी म्यान ३२ साउनमा दर्शकमाझ आउने बताइएको छ ।

घरबाट भागेकी केटी आज बनेकी छिन् अरबपति

 उनलाइ विश्वास थियो कि उसको भाग्य विवाह गरी घर र बच्चालाई सम्भाल्नु नभई आकाशको उचाइलाइ छुनु हो । १७ वर्षको उमेरमा नै घरबाट भागेकी चन्दा आज अरबपति भैसकेकी छिन् । तपाइले सोच्नु भयो होला कि कसको यति धेरै वर्णन गरिदैछ भनेर हजुर यहाँ कुरा हुदैछ चन्दा जावेरीको जुन १७ वर्षको उमेरमा नै विवाहको दबाबले घरबाट भागेकी थिइन् ।


उही चन्दा जावेरी आज ३० वर्षपछि अरबपति भएकी छिन् । भारतको कलकत्तामा रहने चन्दा १७ वर्षको उमेरमा मात्र तीन वटा साडीलाइ लिएर घरबाट भागेकी थिइन् । आज भने अमेरिकाको एक सफल स्किन केयर कम्पनीको सीईओ भएकी छिन् । जावेरीलाइ घरबाट विवाहको लागि निकै नै दबाब दिएको र यदी विवाह नगरेमा उनको आमाले आत्महत्या गर्ने पनि धम्की दिएको जावेरीले बताएकी छिन् ।
चन्दासंग साथमा पैसा नभए पनि उनले हिम्मत नहारी आफ्नो लक्ष्य तर्र्फ बढेकी थिइन् भने अर्कातर्फ उनी भागेका कारण घरपरिवारलाइ एकदमै लज्जास्पद हुन परेको थियो । चन्दा घरबाट भागेपछि उनको घरपरिवारले निकै लज्जास्पद हुनु र झेल्नु परेको चन्दाका भाइ अरुण कुमारले बताएका छन् ।
चन्दा घरबाट भागेपछि छिमेकीहरुले उनीहरुलाइ निकै उडाएपनि आज उनी एक उदाहरण बनेकी छिन् । उनी एक सफल माँलिक्यूलर बायोलिजिस्ट बनेकी छिन् भने उनीसंग चारवटा पेटेंट पनि रहेको छ । चन्दाले कलकत्ताको पार्क स्ट्रीटमा एक विदेशी जोडी भेटेकी थिइन जसले उनलाइ बोस्टनमा बोलाएर मद्दत गर्ने आश्वासन दिएका थिए ।
त्यस समयमा चन्दासंग हिराको दुइवटा औठी थियो जसलाइ बेचेर उनी बेस्टन गएकी थिइन् । बोस्टनमा गएर चन्दाले एक बुजुर्गको घरमा काम गरेकी थिइन् । उनको सेवाबाट खुशी भएर मालिकले उनलाइ पढ्नको लागि ३० हजार डलर दिएका थिए । जुन पैसाले उनी हार्वर्डबाट मास्टर्स डिग्री लिएकी थिइन् । यसपछि चन्दाले बायोकेमिस्ट्रीमा आफ्नो रिसर्च सुरु गरेकी थिइन् ।

बुद्ध नेपालमै जन्मिएका हुन् : आखिरमा भारतीय विद्वानले नै पुस्टि गरे

 गौतम बुद्ध भारतमा नभै नेपालमै जन्मिएको प्रस्टोक्ति एक भारतीय एक विदुषी प्राध्यापकले दिएका छन्। रुपन्देहीस्थित भैरहवा बहुमुखी क्यामपसद्वारा आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अन्जु शर्मा उपाध्यायले भने, "सस्तो लोकप्रियताका लागि कसैकसैले बुद्ध भारतमा जन्मिएको बताएको होलान् तर मेरो अनुभव, अनुसन्धान र खोजले कहिल्यै बुद्ध भारतमा जन्मिएको प्रमाण पाएको छैन"।
उनले प्राज्ञिक तवरले पुराना गल्तीलाई सच्चाउन सम्बन्धित निकायलाई झक्झकाउने बताए। 
केही समयअघि लुम्बिनीमा आयोजित नेपाल-भारत टुरिजम मार्ट नामक कार्यक्रममा भारतीय पक्षबाट वितरित एक पुस्तिका 'दि पाथ' मा बुद्धका बुबा शुद्धोदनको दरबार रहेको तिलौराकोट क्षेत्र भारतको उत्तर प्रदेशमा पर्दछ भनी उल्लेख गरिएको थियो। यस कार्यक्रममा संस्कृति मन्त्री पोस्टबहादुर बोगटी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलगायत नेपाल र भारतका पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता थियो। 
उक्त कार्यक्रममा भारतीय पक्षले बाँडेको पुस्तिकाबारे जिज्ञासा राख्दा प्राध्यापक शर्माले भारतको सरकारी धारणा त्यस्तो नभएको बताउँदै सस्तो लोकप्रियताका लागि कसैले त्यस्तो गर्न सक्छ भन्नुभयो। बुद्ध नेपालमै जन्मिएको बरु भ्रमणको क्रममा भारतको सारनाथमा गएको प्रशस्त ऐतिहासिक प्रमाण भएको उहाँको भनाइ थियो। 
भैरहवा क्याम्पस परिसरमा आयोजित सो कार्यक्रममा त्रिविका प्राध्यापकहरु डा घनश्याम न्यौपाने, डा कपिल लामिछाने, डा शङ्कर नेपाल, डा दामोदर खनाल, डा गितु गिरी, डा शम्भु कुमार गुप्ता, केशव श्रेष्ठ, लक्कीप्रसाद जोशी, नरेन्द्रराज पाण्डे, चन्द्रपसाद रेग्मी, केशव शर्मा बेलबासे, सुवास श्रीवास्तव, वसन्तकुमार जोशी, लक्ष्मण तिमिल्सिना, शङ्कर पन्थी, विमला पोखरेल, कविता रिजाल, अरुणा तिवारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा नेपालका प्राध्यापकहरुले भारतीय पक्षले राजनीतिक, साँस्कृतिक एवम् कूटनीतिक ढङ्गले बेलाबेलामा गर्दै आएको भ्रामक प्रचारबाजीप्रति भारतीय प्राज्ञिक जगत् मौन बसेकामा असन्तुष्टि जाहेर गरेका थिए।
उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्दै प्रा शर्माले आफूले प्राज्ञिक तवरले नेपाल-भारतबीचको सम्बन्ध खल्बल्याउने गरी भइआएको दुष्प्रयासको विरुद्ध खरो रुपमा उत्रने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सन् १९७५ देखि बनारस विश्वविद्यालयमा राजनीतिकशास्त्र प्राध्यापन गर्दै आउनुभएका प्रा शर्मा उपाध्याय दुई वर्षका लागि त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राध्यापनका लागि आएका हुन्। उनी नेपाल-भारत सम्बन्धमा गहन अध्ययन र अनुसन्धान गर्ने विज्ञ मानिन्छन्।

फोटो प्रतियोगिताको लागि आवेदन खुल्ला

फोटोपत्रकार (पिजे)क्लबले यसवर्षको फोटो प्रतियोगिताका लागि फोटो दर्ता आवेदन खुल्ला गरेको छ। 
 
तेस्रो संस्करणको लागि विभिन्न ७ विधामा  हुने फोटो प्रतियोगिता विभिन्न क्षेत्रबाट फोटो जम्मा गर्ने व्यावसायिक फोटो पत्रकार र सौखिन फोटोग्राफरको लागि यो सबभन्दा ठूलो खुल्ला प्रतियोगिता भएको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
 
नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म प्रबर्द्धन गर्नुको साथै पर्यटन र वास्तविक नेपाललाई चिनाउने उद्देश्य लिएको क्लबले जनाएको छ ।
 
'अरु प्रतियोगिताभन्दा यो प्रतियोगिता फरक र महत्वको छ व्यावसायिक फोटो पत्रकार, पत्रकार र सौखिन फोटोग्राफरका हजारौं फोटो एउटै स्टेजमा जम्मा हुने नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फोटो प्र्रतियोगिता हो। यस प्रतियोगितामा रहेका विभिन्न ७ विधाले नेपाल र नेपालीको सबै क्षेत्रलाई प्रतिनिधित्व गर्नेछ,' प्रतियोगिताका संयोजक विकास कार्कीले बताए। 
 
फोटो प्रतियोगिता तथा प्रदर्शनी ०६९ ले सबैभन्दा ठूलो पुरस्कारको घोषणा पनि गरेको छ। क्लबले यस वर्षको लागि पाँच लाख बीस हजार रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।
 
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा कल्चर तथा टुरिजम, नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर, डेली लाईफ, न्यूज फोटो, स्माईल, स्पोर्टस र  फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछ। 
 
न्युज फोटो विधाका लागि २०६९ सालभरि खिचिएका तस्बिरहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरू पठाउन सकिनेछ  भने अन्य कुनै प्रतियोगिताका मुख्य विजेता र यसैको पूर्व संस्करणका विजेता फोटोहरुले सहभागिता जनाउन नपाउने संयोजक कार्कीले बताए।
प्रत्येक विधामा प्रतियोगीले ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा २ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन्।
 
फोटो प्रतियोगिताको लागि बरिष्ठ फोटोपत्रकार गोपाल चित्रकारको अध्यक्ष रहेको ६ सदस्यीय  निर्णायक मण्डल पनि तोकीएकेा छ जसमा शाउथ एशिया तथा इण्डियाकै बरिष्ठ फोटोपत्रकार रघ राय , बरिष्ठ फोटोग्राफर मणि लामा, पत्रकार शुधिर शर्मा , केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटोपत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा रहेका छन्।
 
अहिलेसम्मकै सर्बाधिक राशीको पुरस्कार राखिएको प्रतियोगितामा सातै विधामा  प्रथम, द्वितीय र तृतीय विजेता छनोट गरि क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पुरस्कार दिने पिजे क्लबले जनाएको छ। 
 
प्रतियोगी फोटोबीचको प्रतिस्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी रु १ लाख बराबरको 'आईएमइ ग्वोबल आईएमइ बैंक फोटो अफ द इयर' घोषणा गरिनेछ। प्रतियोगिता तथम प्रदर्शनीमा सहभागी हुन चाहनेले २०७० साल असार १ गते राति १२ बजेभित्र क्लबको वेबसाइट http://www.pjclub.com.np मा गएर फोटो दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगिता एवंम प्रदर्शनीमा नेपाली नागरिक मात्र सहभागी हुन सक्नेछन् भने तस्बिरहरू नेपालभित्रै खिचिएको हुनुपर्नेछ।
 
प्रतियोगिताबाट उत्कृष्ट छानिएका १ सय ५० फोटोलाई काठमाडौं, लगयत नेपालका प्रमुख चार शहर विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा प्रदर्शन गरिने योजना रहेको पिजे क्लबले जनाएको छ।


डनको मुद्दामा ओलीको आपत्ती

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले पर्शुराम बस्नेत लगायतका ५ जना विरुद्ध मुद्धा दायर भएकोमा आपत्ती जनाएको छन् । 
चुनावी प्रचारको क्रममा पाँचथर पुगेका नेता ओलीले अवैध रुपमा करोडौं सम्पत्ति कमाएको आरोपमा मुद्दा चलाइएका पर्शुराम बस्नेत लगयत अन्य डन नभएर खेलाडी भएको तर्क गरे ।
आइतबार अवैध रुपमा करोडौं सम्पत्ति कमाएको भन्दै पर्शुराम लगायत पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । गैरकानुनी रुपमा ठेक्कापट्टा, घर खरिदबिक्री, बैंकिक कारोबार गरेको भन्दै विभागले पाँच गुन्डानाइकेहरु गणेश लामा, परशुराम बस्नेत, चक्रे मिलन, दिपक मनाङे र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको हो ।
 
कार्यक्रममा बोल्दै नेता ओलीले निर्वाचन आयोगले निर्वाचनको मिती तोक्न ढिला् गरेको भन्दै ओलीले तत्काल मिति आग्रह समेत गरे ।

चार जना 'गुण्डा-नाइके' बिरुद्ध मुद्दा, गणेश लामाको भएन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चार जना ‘डन’विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभिषेक गिरी, परशुराम बस्नेत, चक्रे मिलन र दीपक मनाङेबिरुद्ध सरकारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गणेश लामाको मुद्दा भने अन्तिम समयमा दर्ता गरिएन ।
सम्पत्तिको स्रोत खुल्न नसकेपछि  विभागले पाँच डनलाई पक्राउ नै नगरी मुद्दा चलाउने तयारी गरेको थियो । शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि नभ्याएपछि आइतबार मुद्दा दर्ता गरिएको हो ।
अभिषेकसँग २ करोड ९४ लाख, परशुरामसँग ११ करोड ६१ लाख, चक्रेसँग ७ करोड ८ लाख र दीपकसँग १४ करोड ७३ लाख रुपैयाँबराबरको अवैध सम्पत्ति भएको भन्दै विभागले मुद्दा दायर गरेको हो । अन्तिम समयमा मुद्दा दर्ता नभएका गणेश लामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । उनी विजय गच्छदारसँग अत्यन्त नजिक छन् ।

 

प्रहरीले नै ‘डन’हरुलाई भगाएको आशंका

पक्रन सक्ने हुँदा पनि प्रहरी चुपचाप
Parshuram Basnet_ जेठ ७ – गुन्डागर्दीबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार सम्पत्ति शुद्धिकरण बिभागले मुद्दा चलाएका विराटनगरका २ अभियुक्तलाई प्रहरीले नै भगाएको पाइएको छ । गुन्डागर्दीको सहारमा अकुत सम्पत्ति जोडेका चर्चित डनहरुलाई पक्राउ गरी मुद्दा दर्ता गर्ने तयारी विभागले थालेपछि प्रहरीकै मिलेमतोमा विराटनगरका पर्शुराम बस्नेत र अभिषेक गिरी फरार भएको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयले अभियुक्तहरुलाई पक्राउ गर्न मातहतका प्रहरीलाई सर्कुलर गरेपनि मोरङ प्रहरीले नै उनीहरुलाई पक्राउ गर्न चासो नदिएको वा फरार हुन सहयोग गरेको स्रोतको भनाई छ । नेपाल प्रहरीको अपराध अनुसन्धान व्युरोले डनहरुमाथि सम्पत्ति शुद्धिकरण आयोगले मुद्दा दर्ता गर्न लागेको भन्दै जेठ १ गते बुधबार नै गिरी र बस्नेतलाई पक्राउ गर्न मोरङ प्रहरीमा सर्कुलर गरेको थियो ।
तर, प्रहरीले शुक्रबार साँझ मात्र गिरी र बस्नेतको घरमा उनीहरुलाई खोज्दै छापा मारेको थियो । प्रहरी स्रोतका अनुसार विराटनगर १५ बस्ने युवासंघका केन्द्रीय सदस्य रहेका पर्शुराम बस्नेत, उनकी पत्नी संघकै केन्द्रीय सदस्य अञ्जुसिंह बस्नेत र अर्का डन विराटनगर ११ मधुमारा बस्ने अभिषेक गिरी र उनकी श्रीमति अनिषा गिरीलाई पक्राउ गर्न चाहेको भए कुनै समस्या थिएन । बस्नेत शुक्रबार अपरान्हसम्म विराटनगरमै खुलेआम रुपमा घुमिरहेका थिए ।
डन अभिषेक गिरी भने केही दिनदेखि काठमाडौंमै थिए । उनी काठमाडौंको कुन ठाउँमा बस्छन भन्नेपनि प्रहरीलाई थाहा थियो । तर, मोरङ प्रहरीले आपूmलाई केही पनि थाहा नभएको अभिनय गरेर कसैलाई पनि पक्राउ गर्न चाहेको देखिएन ।
दुई दिन अगाडि आएको निर्देशनलाई थन्क्याएर बसेको प्रहरी शुक्रबार साँझ अभियुक्तहरुले विराटनगर छाडिसकेपछि मात्र उनीहरुको घरमा पुगेको थियो । शनिबार मोरङको भौडाहामा हुने युवा संघ नेपालको क्षेत्रीय अधिवेशनको प्रमुख अतिथि भनेर रङ्गिन पोष्टरमार्फत प्रचार गरिएको भएपनि पर्शुराम बस्नेत प्रहरीले नै सूचना चुहाएकोले कार्यक्रममा सहभागी नभई फरार भएको श्रोतको दाबी छ । मोरङ प्रहरीले भने अभियुक्तहरु फरार भएपछि औपचारिकता पुरा गर्न उनीहरुको घरमा छापा मारेर सिआइबीलाई फरार भइसकेको जानकारी दिएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पोखरेलले भने सर्कुलर प्राप्त हुनासाथ आफूहरुले पर्शुराम र अभिषेकहरुको खोजी सुरु गरेको तर फेला पार्न नसकेको दावी गर्नुभयो । बुधबार प्राप्त भएको सर्कुलर शुक्रबारसम्म लुकाएर अभियुक्तहरु फरार भएपछि मात्र उनीहरुको खोजी गर्ने मोरङ प्रहरीको कार्यशैली शंकास्पद देखिएको छ । डिएसपी पोखरेलले भने निर्देशन आउनसाथ खोजी थालेको तर घर तथा सार्वजनिक कार्यक्रममा पनि नभेटिएको बताउनु भयो ।
युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमाले मोरङका सचिबालय सदस्य रहेका पर्शुराम बस्नेत शनिबारका भौडाहामा हुने युवा संघको कार्यक्रममा प्रमुख अतिथि भएर जाने कार्यक्रम थियो । त्यसको लागि व्यापक रुपमा प्रचार गरी तयारी गरिएको थियो । कार्यक्रममा सहभागी हुन जाने तयारीमा रहेका उनले पक्राउ गर्न सर्कुलर आएको जानकारी पाएपछि बेलबारीबाट फरार भएको श्रोतले जनायो ।
युवा संघको भौडाहाको कार्यक्रममा एमाले मोरङका अध्यक्ष महेश रेग्मी, सचिव ऋषि पोखरेल लगायतलाई विशिष्ट अतिथी बताईएको थियो । तर, अध्यक्ष रेग्मी पर्शुराम प्रमुख अतिथि हुने कार्यक्रम भएकोले कार्यक्रममा सहभागी भएनन् । सचिव पोखरेल भने बस्नेत नआएपछि प्रमुख अतिथि बनेर कार्यक्रममा सहभागी भएका थिए ।
पार्टीको भाृत संगठनको कार्यक्रममा पार्टीका जिल्ला सदस्य रहेका बस्नेतले आपूmलाई प्रमुख अतिथि र जिल्ला अध्यक्षलाई विशिष्ट अतिथि बनाएर पोष्टर छपाएपछि रेग्मी भौडाहाको कार्यक्रममा गएनन् । ठूलो तयारीसहित शक्ति प्रदर्शन गर्ने उद्देश्यले गरिएको कार्यक्रमा पक्राउ पर्ने डरले बस्नेत अन्तिम समयमा उपस्थित हुन पाएनन् ।
avisekविराटनगरमा सामान्य हैसियतका दुबैले केही समयको अन्तरालमा गुन्डागर्दीकै साहारामा अकुत सम्पत्ती आर्जन गरेका थिए । बस्नेतले आर्जन गरेको सम्पत्तीमध्ये ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ र गिरीको २ करोड ९४ लाख ४० हजार ५ सय ८८ रुपैयाँ ७२ पैसाको श्रोत नखुलेको पाइएको छ । उक्त सम्पत्ती आर्जनमा बस्नेतकी कान्छी श्रीमति अञ्जुसिंह बस्नेत र गिरीकी श्रीमति अनिषा गिरीको पनि संलग्नता रहेको भन्दै उनीहरु विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
प्रद्युम्न कार्की प्रहरी उपरीक्षक हुँदा गुण्डागर्दी, तस्करी र अन्य अपराध नियन्त्रण भएपछि वाहावाही पाएको मोरङ प्रहरीको अहिलेको नेतृत्व विवादमा फस्दै गएको छ । सर्बसाधारणको सम्पर्कमा आउन नचाहने र मोवाईल फोनसमेत कार्यालयमा डाईभर्ट गरेर बस्ने प्रहरी उपरीक्षक निरजबहादुर साही र प्रहरी नायक उपरीक्षक दिपक पोखरेलले मोरङ प्रहरीको कमाण्ड गरिरहेका छन् ।
प्रहरीले आफैले मुद्दा दर्ता गराएका अभियुक्तहरु पक्राउ नपरी खुलेआम हिड्नु र अभियुक्तहरुसँगै प्रहरीको सम्बन्ध रहेको देखिन थालेको छ । प्रहरीमाथि आक्रमण गरेको अभियोग लागेका एक अभियुक्त र अपहरण गर्ने धम्की दिएको आरोपमा सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएका युवासंघ मोरङका उपाध्यक्ष मुकेश वुढाथोकी पक्राउ गर्न प्रहरीले नचाहेकोले उनीहरुसँग मिलेमतोको आशंका गरिएको छ ।

रेखा थापा केपी ओलीको क्षेत्रमा भिड्ने 

rekha urmila जेठ ७ – हालै एमाओवादी प्रवेश गरेकी नायिका रेखा थापाले एमाले नेता केपी ओलीको क्षेत्रबाट चुनाव लड्ने संकेत गरेकी छिन् ।
मंगलबार राजधानीबाट प्रकाशित हुने जनादेश साप्ताहिकलाई दिएको अन्तर्वार्तामा रेखाले संविधान सभा चुनावमा गगन थापा उठेकै क्षेत्रबाट लड्ने हल्ला छ नि भनी सोधिएको प्रश्नको जवाफमा उनले भनेकी छिन्, ‘गगन थापाको क्षेत्रमा चुनाव लड्ने भन्ने हल्ला सुन्नुभएछ मैले त केपी ओलीको क्षेत्रमा चुनाव लड्ने हल्ला सुनेकी छु ।’
कुराकानीको क्रममा रेखाले आफ्नो छोटो स्कर्ट र श्रीमानसितको झगडा मात्रै विकेकोमा पनि दुःखेसो पोखेकी छिन् ।
‘जनयुद्धमा सेना भएर लाग्ने र नेता भएर बस्नेबीच फरक छ’
त्यसैगरी, एमाले परित्याग गरी एमाओवादी प्रवेश गरेकी नेतृ उर्मिला अर्यालले जनयुद्धमा सेना भएर लाग्ने र नेता भएर बस्नेको जीवनशैलीमा फरक रहेको बताएकी छिन् ।
जनयुद्धमा लागेर बुर्जुवा शिक्षा भन्दै बहिस्कार गरेका, युद्धका क्रममा परिवारका सदस्य मारिएका र घरसम्पत्ती गुमाएकाहरुको र केही पनि नगुमाएका बीच एमाओवादीमा फरक रहेको एमालेकी पूर्व पोलिटब्यूरो सदस्य अर्यालको टिप्पणी छ ।
सोही साप्ताहिकलाई दिएको अन्तर्वार्तामा उर्मिलाले भनेकी छिन्, ‘त्यस्ता चीज नगुमाएको एउटा पंक्ति पनि छ । जनयुद्धमा सेना भएर लाग्ने र नेता भएर बस्नेमा फरक छ नि !’
शिक्षाबाट बञ्चित भएकालाई छुट्टै प्याकेज लिएर शिक्षा अभियान चलाउन सकिने पनि उनको धारणा छ ।

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता प्रारम्भ

 ७ जेठ । नेपाल सोतोकान कराँते सङ्घको आयोजनामा सातौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान गरी चार राष्ट्रको सहभागिता रहेको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक नेपाल सोतोकान कराँते सङ्घका महासचिव श्याम शेर्पाले बताउनुभयो ।
सो प्रतियोगिताको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

यौन र बढ्दो सम्बन्धविच्छेद

sexy-couple-kissingकाठमाडौंकी २३ वर्षीया सिताष्मा (नाम परिवर्तन) ले विवाह गरेको तीन महिनामा नै श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। बिहे दुई परिवारबीच सौहार्दपूर्ण रूपमा भएको थियो। बिहे भएको छोटो समयमै सम्बन्धविच्छेद गर्ने कारण बन्यो– श्रीमान्को अप्राकृतिक यौनसम्पर्क। सम्बन्धविच्छेद गर्ने कारणबारे उनले न्यायाधीशसँग भनेकी थिइन्, ‘नीलो चलचित्र हेर्दै दिनहुँ त्यहीअनुरूप म लोग्नेको चाहना पूरा गर्न सक्दिनँ। अब त सँगै बस्न सक्ने अवस्थै रहेन।’
• गोरखा घर भए पनि सुरक्षा निकायमा अधिकृतस्तरको श्रीमान् पाउँदा काठमाडौंकी हरिसा (नाम परिवर्तत) खुसी नै थिइन्। घरमा नयाँ सदस्यको रूपमा छोरी जन्मिँदा पनि परिवारमा कुनै समस्या थिएन। जब हरिसाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा राम्रो जागिर पाइन्। त्यसपछि उनको श्रीमान्को भन्दा धेरै तलब हुन थाल्यो। घरका सामानहरू किन्दा श्रीमान्–श्रीमतीबीच झगडा नै हुन थाल्यो। उनीहरूको यो झगडा कहिल्यै जोडिन नसक्ने गरी सम्बन्धविच्छेदमा गएर टुङ्गियो।
जिल्ला अदालत काठमाडौंबाट भएका यी दुईवटै सम्बन्धविच्छेदको प्रत्यक्ष साक्षी बनेकी थिइन्– अधिवक्ता पुन्यशिला दवाडी। महिलालाई निःशुल्क रूपमा कानुनी सहायता दिइरहेको ललितपुरको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की कानुन अधिकृत दवाडीका अनुसार पछिल्लो समय सम्बन्धविच्छेद गर्न कुनै ठूलो इस्यु नै चाहिँदैन। नयाँ पुस्ताका युवायुवतीले समाधान हुने सामान्य खालका कुरामा मिल्न नसकेर सम्बन्धविच्छेद गरिरहेका छन्। उनी सम्बन्धविच्छेदका कारणबारे भन्छिन्, ‘पहिलो कारण महिलामा आएको चेतनास्तर हो। उनीहरू आफ्ना अधिकारबारे सचेत भएका छन्। दोस्रो कारण श्रीमान्–श्रीमतीबीचको ‘इगो’को समस्या हो भने अर्को कारण घरेलु हिंसा हो।’
सिताष्मा र हरिसा त प्रतिनिधि महिला मात्र हुन्। पछिल्लो समय देशैभरि दाम्पत्यजीवनमा बेमौसममा पहिरो गएझैं ठूलो सङ्ख्यामा सम्बन्धविच्छेदका घटना बढेका छन्। विगत पाँच वर्षको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने अहिले झन्डै दोब्बर छ। आर्थिक वर्ष ०६३/६४ मा देशभर तीन हजार आठ सय १९ सम्बन्धविच्छेदका मुद्दा रहेकोमा आर्थिक वर्ष ०६८/०६९ मा पुग्दा सात हजार एक सय ५७ पुगेको छ। यो तथ्याङ्कले वर्षेनी साढे नौ प्रतिशतका दरले सम्बन्धविच्छेद बढेको देखाउँछ। त्यसो त देशभरको कुल सम्बन्धविच्छेदको सङ्ख्या काठमाडौंमा एकचौथाइ छ। काठमाडौंमा आर्थिक वर्ष ०६८/६९ मा मात्र एक हजार सात सय ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको देखिन्छ। यो तथ्याङ्क देशभरको साढे २४ प्रतिशत हो। काठमाडौंमा सम्बन्धविच्छेदको दर हरेक वर्ष साढे १० प्रतिशतले वृद्धि हुँदै गएको छ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार भरत लम्सालका अनुसार अदालतमा हेरचाह गरेन, खान–लगाउन दिइएन, यातना दिए, घरबाट निकालेजस्ता घरेलु हिंसाका कारण सम्बन्धविच्छेद गर्न आउनेको सङ्ख्या बढी छ। दुवै पक्षको मञ्जुरी भएर आए आज दर्ता गरिएको मुद्दामा भोलि नै मिलापत्र भएर टुङ्गिने लम्सालले बताए। ‘छिटो सम्बन्धविच्छेद चाहनेले मिलापत्रबाट अंश नै दाबी गर्दैनन्,’ स्रेस्तेदार लम्सालले भने, ‘कतिले त लेनदेनका सबै कुरा मिलाएर पनि छिटो सम्बन्धविच्छेद गर्ने गरेका छन्।’
राष्ट्रिय महिला आयोगमा पनि साउनदेखि यता सम्बन्धविच्छेद गर्न ११ वटा मुद्दा परेका थिए। जसमा दुई जोडी त चिकित्सककै थिए। श्रीमान्–श्रीमती दुवै चिकित्सक भए पनि उनीहरूबीच सामान्य कुरामा विवाद भई आयोगमा उजुरी परेको आयोगकी प्रवक्ता मोहना अन्सारीले बताइन्। उनी भन्छिन्, ‘श्रीमान्–श्रीमतीबीच यति ठूलो अविश्वासको खाडल बढेको छ कि साना–साना कुरा पनि सम्बन्धविच्छेदको स्तरमा गएर टुङ्गिने गरेका छन्।’ उनको बुझाइमा घरको नेतृत्व कसको हुने, वैदेशिक रोजगार र सम्पत्तिमा स्वामित्वको दाबीजस्ता कुराले सम्बन्धमा दरार ल्याइरहेको छ।
परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन होस् वा सामाजिक चेतनामा वृद्धिका कारण नेपाली समाजमा सम्बन्धविच्छेदको सङ्ख्या बढ्दै गएको छ। केही वर्षअघिसम्म सम्बन्धविच्छेद अर्थात् पारपाचुके शब्दसमेत सुन्न नचाहने नेपाली समाजले अहिले सम्बन्धविच्छेद गर्नुलाई सामान्य ढङ्गले हेर्न थालेको छ। सामाजिक चेतना र स्वतन्त्रताको अनुभूतिका कारण नेपालमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ। हरेक वर्ष सयौँको सङ्ख्यामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढिरहेको तथ्याङ्कले नेपाली समाजको बदलिँदो अवस्थाको चित्रण गर्दछ।
नेपालको कानुनअनुसार स्वास्नीले लोग्नेलाई निजको मञ्जुरीबेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बसेको अवस्थामा सम्बन्धविच्छेद गर्न पाउँछ। यस्तै लोग्नेको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक, मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा पनि सम्बन्धविच्छेद गर्न सकिने कानुनी प्रावधान छ। स्वास्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा पनि स्वास्नीसित लोग्नेले सम्बन्धविच्छेद गर्न पाउँछ।
यस्तै, व्यवस्था महिलाका लागि पनि छ। लोग्नेले अर्की स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान, लाउन नदिएमा वा स्वास्नीको खोजखबर नलिई हेरविचार नराखी लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बसेको अवस्थामा महिलाले सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ। स्वास्नीको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा वा लोग्ने नपुङ्सक हुने भएमा पनि सम्बन्धविच्छेद हुन सक्छ। यसबाहेक दुवै थरीको मञ्जुरी भएमा लोग्ने–स्वास्नीको सम्बन्धविच्छेद गर्न सकिने प्रावधान कानुनमा छ।
सम्बन्धविच्छेदका लागि कानुनमा महिलालाई केही प्राथमिकता दिएको देखिए पनि व्यवहारमा भने पुरुषहरू पहिले सम्बन्धविच्छेदका लागि तयार देखिन्छन्। राष्ट्रिय महिला आयोगमा आएका उजुरीमध्ये सम्बन्धविच्छेद गर्न चाहने पुरुषको सङ्ख्या ७५ प्रतिशत र महिलाको सङ्ख्या २५ प्रतिशत छ। आयोगमा परेका उजुरीमध्ये ४० प्रतिशत मात्र सम्बन्धविच्छेदको प्रक्रियासम्म पुग्ने गरेका छन्। ६० प्रतिशत मुद्दा मिलापत्रमै टुङ्गिन्छ। यसरी मिलेर गएका मुद्दा पुनः समस्याका रूपमा आउने गरेको आयोगकी प्रवक्ता अन्सारी बताउँछिन्। ‘मानाचामल भराउने सहमति गरेर गएको ६ महिनादेखि दुई वर्षभित्रै सम्बन्धविच्छेद गर्नुपर्यो भन्दै आउँछन्,’ उनले सुनाइन्।
भनिन्छ, लोग्ने–स्वास्नीको सम्बन्ध जुनीजुनीका लागि हो। सम्बन्धविच्छेद हुनुको कारण विविध भए पनि परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन र नाता–सम्बन्ध कायम भएपछि श्रीमान्–श्रीमती सँगै नबस्नु यसका प्रमुख कारण बनेका छन्। समाजमा शिक्षाको स्तर बढेसँगै चेतनाको स्तर वृद्धि हुँदा अन्याय र अत्याचार सहेर बस्न नसक्ने भएकाले पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको विश्लेषण गरिन्छ। समाजशास्त्री गणेश गुरुङ यो कुरा स्वीकार गर्दैनन्। उनी महिलाहरूमा आएको चेतना अभिवृद्धिका कारण पुरुषप्रधान समाजमा दबिएर बसेका महिलाले अधिकार खोजेको बताउँछन्। ‘अबका महिला लोग्नेले जे गरे पनि सहेर बस्नुपर्छ भन्ने छैन। आफैँ आत्मनिर्भर भएका महिलाले चेपुवामा परेको कुरा नसहँदा सम्बन्धविच्छेद बढेको हो। यो समाज परिवर्तनको सङ्केत हो,’ गुरुङ भन्छन्।

फेसबुक र एसएमएसको कारण पनि पति–पत्नीको सम्बन्धविच्छेद बढ्दो

divorce ७ जेठ । नेपालमा महिलाले पतिसँग सम्बन्धविच्छेद गर्न चाहेमा सिधै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुषले चाहेमा भने एक वर्षको समय पर्खनैपर्ने प्रावधान छ । यसका लागि पुरुषले पहिले स्थानीय निकाय गाविस वा नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था छ ।
काठमाडौँ महानगरपालिकाभित्रका स्थायी बसोबास गर्ने तथा काठमाडौँका सरकारी कार्यालयमा कार्यरत पुरुषले सम्बन्धविच्छेदका लागि महानगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्थाअनुरुप विगतका वर्षको तुलनामा यस्ता निवेदनको सङ्ख्या बढ्न थालेको छ ।
केही समयअघि मात्र एक पुरुष महानगरपालिकामा सम्बन्धविच्छेदका लागि निवेदन दिन आए । सम्बन्धविच्छेदको कारण थियो, श्रीमतीको परपुरुषसँगको सम्बन्ध । श्रीमतीको मोबाइलमा अर्कै पुरुषको सन्देश र लामो समय ‘कल डिटेल’ देखेपछि सम्बन्धविच्छेद गर्न चाहेका थिए । जसको कारण उनले १७ वर्षीय आफ्नो छोराको डिएनएसमेत जाँच गराउन माग गरे ।
यस्ता घटना दिनप्रतिदिन बढिरहेको महानगरपालिकास्थित कानुनी महाशाखाका वरिष्ठ कानुन अधिकृत वसन्त आचार्यले बताउनुभयो । “विशेष गरी प्रेमविवाह गरेका जोडीमा सम्बन्धविच्छेदका घटना बढिरहेको छ” उहाँले भन्नुभयो, “विवाहपछि महिलाको अपेक्षा ठूलो हुन सक्छ । परिवारको सहमति बेगर गरिएको विवाह अन्त्यमा सम्बन्धविच्छेदमा टुङ्गिएको देखिन्छ ।”
यहाँ आउने निवेदनमा श्रीमती परिवारमा मिलेर बस्न नसकेका कारण दिनहुँजसो झैं झगडा हुने, परिवारले जबर्जस्ती गराईदिएको विवाह, जहाँ केटा र केटीको शैक्षिक योग्यतामा ठूलै भिन्नता, उनीहरुको वैचारिकस्तरमा फरकपनलगायतका कारण हुने गरेको उहाँको भनाई छ ।
अधिकृत आचार्य भन्नहुन्छ, “विवाहपछि केटाले चाहन्छ कि केटीले बाहिर काम गर्न नजाओस्, पाइन्ट नलगाओस्, आफूसँग बाहिर कतै हिँड्दापनि लवाईखवाईको स्तर मिलोस्, जब त्यो चाहना पूरा हुँदैन तब सम्बन्धबिच्छेदको प्रक्रियामा लाग्ने गर्छ ।”
उहाँका अनुसार महानगरपालिकामा आउने मध्ये करिब ५० प्रतिशत मुद्दा परिवारमा सासु र नन्दसँग सम्बन्ध नमिल्नुका कारणसहितको आउँछ । केटाले परिवार र केटीबीच सम्बन्ध सन्तुलन बनाउन नसक्दा वैवाहिक सम्बन्ध टुङ्गिने अवस्थामा पुग्छ ।
यसरी आएका निवेदनको अध्ययनपछि करिब एक वर्षसम्म मेलमिलाप गराउने कोसिस गरिन्छ, उहाँले भन्नुभयो, “सकेसम्म सम्बन्ध नतोडियोस् भनेर मिलाउने प्रयास गर्छौ ।”
तर एक वर्षसम्म पनि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो हुन सकेन र सम्बन्धबिच्छेद गर्न चाहेमा मेलमिलाप हुन नसक्ने व्यहोरा लेखेर अदालतमा पेश गर्ने गरिएको उहाँले बताउनुभयो ।
त्यसपछि अदालतले सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाउने गर्दछ । सम्बन्धविच्छेदका लागि महिला सिधै अदालतमा जान पाउने भएकाले पनि स्थानीय निकायमा आउने पुरुषको सङ्ख्या कम देखिएको छ ।
तर प्रत्येक वर्ष महानगरपालिकामा आउने सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । हाल वर्षको करिब एक सयको सङ्ख्यामा यस्ता निवेदन आउने गरेको छ ।
श्रीमान् श्रीमतीबीच आपसी विश्वासको कमी हुँदा मोबाइलमा एसएमएस, सामाजिक सञ्जाल फेसबुकलगायतमा आउने आपत्तिजनक सन्देशका कारण पनि सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ । 

शुल्कवृद्धिको विरोधमा खासाबाट हुने आयातनिर्यात ठप्प

 ७ जेठ । तातोपानी नाकामा चिनियाँ ट्रान्सपोर्ट कम्पनीले ढुवानी भाडा र कामदारको ज्याला बढाउने भएपछि सामान आयात निर्यात बन्द भएको छ ।

विगत एक सातादेखि आयात मात्र बन्द गरेकोमा चिनियाँ पक्षले निर्णय फिर्ता नलिने अडान लिएपछि सीमा क्षेत्रमा कार्यरत व्यापारिक संस्थाले निर्यात समेत बन्द गरेका हुन् ।
बढाएको शुल्क नघटाएसम्म आयात निर्यात ठप्प पार्ने ब्यवसायीहरुले बताएका छन् । खासा समान लिन गएका सयौं कन्टेनरहरु शुल्क घटाउन माग गदै सामान लोड नगरी बसेको बताइएको छ ।
चिनबाट आएको समान नेपाली ब्यवसायीलाई जिम्मा दिएबापत चिनियाँ ट्रान्सर्पोट कम्पनीले यसअघि ९ सय १० चिनियाँ युआन लिने गरेकोमा गत आइतबारदेखि एक हजार ५० युआन पु¥याएको छ ।
नेपाली ब्यवसायीहरुसंग समन्वय नै नगरी शुल्क बढाएको र बढाएको शुल्क तिरेर समान जिम्मा लिन नसक्ने नेपाली ब्यापारीहरुले बताएका छन् । उनिहरुले शुल्क वृद्धि फिर्ता गर्न माग गरेका छन् ।
चिनबाट समान आयात हुने मुख्य नाका तातोपानीबाट समान आउन नपाएपछि नेपाली बजारमा विभिन्न चिनियाँ उत्पादन अभाव हुन थालेको छ । तातोपानीबाट आयात निर्यात ठप्प भएपछि १० करोड राजस्व घाटा भएको छ ।

मानिस अब ‘सिटिजनबाट नेटिजन’

IT सूचना प्रविधि समाज नेपालद्वारा  आयोजित विश्व आइसिटी विकासमा युवाको भूमिका विषयक अन्तरक्रियामा वक्ताहरूले सूचना प्रविधिको विकासले युवालाई संसारभरी अवसर दिएको धारणा व्यक्त गरे ।
उनीहरूले  युवाले रोजगारीको खोजी गर्ने होइन, अरुलाई रोजगारी दिन सक्छौ भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले नेपाल जस्तो कृषिप्रधान मुलुकमा कृषिमा काम गर्नेलाई पनि सूचना प्रविधिबारे जान्ने अवसर दिएमा कृषिको विकास गर्न मद्दत मिल्ने बताउनुभयो ।
उहाँले संविधानसभाको निर्वाचनमा पनि चुनावको सम्पूर्ण क्रियाकलाप आइसिटीमा जान सके पोस्टर टाँसेर चुनाव प्रचार गर्ने परम्परा समाप्त हुने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ आइसिटी विकास महाशाखाका अध्यक्ष विप्लवमान सिंहले सन् १९७९ मा पर्सनल कम्प्युटरको विकास भएको चर्चा गर्दै हाल मानिस ‘सिटिजनबाट नेटिजन’को रुपमा परिणत भएको उल्लेख गर्नुभयो ।
एसोसियसन अफ युथ अर्गनाइजेसनका महासचिव तिलोत्तम पौडेलले नेपालमा समावेशी सूचना प्रवाहको विकास गर्न सकेमा सवै वर्ग र समुदायको हित हुने बताउँदै सन् २००३ सम्म रोल्पाबाट काठमार्डौमा फोन गर्न छ घण्टा लाइन बस्नुपर्नेमा अहिले सूचना प्रविधिको विकासले सूचना प्रवाह खल्तिबाटै हुने गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
कम्युप्युटर विशेषज्ञ मुनिबहादुर शाक्यले कालिकोटमा सानो रोगबाट पनि सयौं मान्छे मर्ने गरेको चर्चा गर्दै आईसिटीको विकासले चार हजार मानिसलाई स्वास्थ्य सेवा प्रदान गरेको चर्चा गर्नुभयो ।
समाजका अध्यक्ष चन्द्रविलास भुर्तेल, क्यानका अध्यक्ष विनोद ढकाल,, इन्जिनीयरिङ अध्ययन संस्थानका सहायक डिन डा सुवर्ण शाक्यलगायतले आइसिटीको विकास, फेसवुकमा लाखौं युवाको संलग्नता, त्यसबाट आएको विकृतिमासमेत प्रकाश पार्नुभएको थियो ।

रुखको जराबाट बनेको अनौठो पुल

wonders-of-nature5इन्डोनेसियाको एउटा नदी किनारस्थित दुई वटा रुखको जराबाट बनेको पुल मानिसहरुका लागि आस्था र आकर्षणको केन्द्र बनेको छ । यो अनौठो पुल बनाउन करिब २४ वर्ष लागेको थियो ।
यहाँका स्थानीयका अनुसार यो पवित्र पुल मुनी नुहाउँदा सबै मनोकामना पूरा हुने गर्दछ । पश्चिम इन्डोनेसियाको पेशिशिर सेलातन जिल्लामा रहेको यो पुल ‘जेम्बातन अकर’ नामले चिनिन्छ ।
यो पुलले दुई गाउँलाई आपसमा जोडेको छ । यो पुल वरपरको क्षेत्रमा माछा मार्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । स्थानीयको विश्वास अनुसार पुल वरपर पाइने माछा पवित्र र देवदूत हुन् । यो पुल नदीको दुई किनारमा रहेको रुखका जराहरु जोडेर निर्माण गरिएको हो । यो पूर्णरुपमा प्राकृतिक छ । सन् १८९० मा पाकिह सोहन नामका उलेमाले यो बनाउने काम सुरु गरेका थिए । यो बनाउन २४ वर्ष लागेको थियो ।
अहिले दुवै गाउँबासी यो पुललाई ओहोरदोहोर गर्ने माध्यमका रुपमा प्रयोग गरिरहेका छन् । यहाँ पर्यटकको ताँती लागिरहन्छ ।

एउटै विद्यालयमा २२ जिल्लाका विद्यार्थी

 ७ जेठ । पाल्पा जिल्लाको तानसेनस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा २२ जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

शिक्षा विभागमार्फत काठमाडौँको बूढानिलकण्ठबाट छात्रवृत्तिमा अध्ययनरत कास्की ढिकुरपोखरी–६, काँडेस्थित बाल मन्दिर विद्यालयका विद्यार्थीमाथि शिक्षकको दुव्र्यवहारका कारण उनीहरू जनता नमुना उमावि रोजेका हुन् ।
बाल मन्दिर विद्यालय ढिकुरपोखरी–६, काँडे काँस्कीमा विद्यार्थी पटक–पटक शिक्षक/शिक्षिकाको दुर्व्यवहारमा परेपछि शिक्षा मन्त्रालयले उनीहरुलाई सो विद्यालयमा  पठाएको हो ।
विद्यालयका प्राचार्य मेघराज शर्माले बाल मन्दिर काँस्कीका ५८ विद्यार्थीमध्ये ५४ जना भर्ना भइसकेको बताउनुभयो ।
बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत रुपन्देही, बागलुङ, मुस्ताङ, पाल्पा, आर्घाखाँची, म्याग्दी, कपिलवस्तु, काँस्की, रोल्पा, प्युठान, लमजुङ, मनाङ, नवलपरासी, गोर्खा, तनहुँ, चितवन, पर्वत, गुल्मी, स्याङ्जा, मकवानपुर, धादिङ र उदयपुर गरी २२ जिल्लाका ५८ विद्यार्थीमध्ये ५४ जना अध्ययनका लागि पाल्पा आइसकेका छन् ।
हाल जनता नमुना माविमा कक्षा–७ मा अध्ययनरत मुस्ताङ जिल्लाकी मनिसा ढकालले शिक्षक/शिक्षिकाले सरकारी सेवा सुविधामा पढेका विद्यार्थीले आफ्ना छोराछोरीलाई पढाइमा जिते भन्दै कुटपिट गर्ने, धम्की दिने, दुव्र्यवहार गर्नेलगायतका नराम्रो व्यवहार गरेपछि अध्ययनका लागि पाल्पा आउनुपरेको बताइन् ।
“आफ्ना छोराछोरीलाई जितेर प्रथम भयो भनेर कुटपिट गर्ने, यातना दिने र दुर्व्यवहार गर्नेजस्ता अमानवीय, भेदभावपूर्ण व्यवहार शिक्षकले गर्नुहुन्थ्यो” ढकालले बताइन् ।

पाइलट ट्वाइलेट गएपछि

air_indiaदिल्लीबाट बैंलोर गइरहेको एयर इण्डियाको एआई ४०३ विमानले अनौठो घटनाको सामना गर्नु प¥यो । यही अनौठो घटनाका कारण विमान बैंलोर नभएर भोपालमा अवतरण गर्नुपर्ने अवस्था आयो ।
विमान चालक केहीबेरका लागि ट्वाइलेट के गएका थिए समस्या आइहाल्यो । तैपनि विमान यात्रीले कुनै समस्या झेल्नु परेन । फ्लाइट कमाण्डर केही क्षणका लागि ट्वाइलेट मात्र गएका थिए, फर्कदा ककपिटको ढोका खुल्नै सकेन । निकैबेर प्रयास गरियो ककपिटको ढोका खोल्ने । तैपनि खुलेन । विमान उडिरहेकै थियो । मुख्य चालक थिएनन् । ककपिटमा सहचालक र एक ट्रेनी चालक मात्र थिए ।
केही नलागेपछि सहचालकले अधिकारीहरुसँग विमानलाई भोपालमा अवतरणको अनुमति मागे र विमानलाई भोपालतिर मोडियो । विमान भोपालमा सुरक्षित अवतरण गरियो । भोपालमा इञ्जिनियरहरुले ककपिटको ढोका मर्मत गरे । त्यसपछि नागरिक उड्डयन महानिर्देशनालयको अनुमति लिएर विमान बैंलोरतिर उड्यो । एयर इन्डियाले एक विज्ञप्तिमार्फत यो अवस्थामा सबै सुरक्षा मानक पालना गरेको जनाएको छ । यो घटनाबाट विमान यात्री र चालक दलको सुरक्षामा भने कुनै खतरा सिर्जना भएन 


ब्रुनाईमा उभौली (उभौली) भब्य
“विश्व लिम्बुवान सास्कृतिक महासंघ” ब्रुनाईको आयोजनामा गत सनिवार १८ मेइ २०१३ को दिन अत्यन्तै भब्य सभ्य र बेजोड उत्साहका साथ न्यु क्वाटर (स्ताना इडिण्ब्रो) बन्दार सेरी बेगावान ब्रुनाईको राजधानी नजिकैको स्थानमा यक्वा तङ्नाम (उभौली)सम्पन्न भएको थियो।
श्री मिन बहादुर लिम्बु अध्यक्ष “विश्व लिम्बुवान सास्कृतिक महासंघ” ब्रुनाईको सभापतित्वमा सम्पन्न यो कार्यक्रममा प्रमुख अथिति गीतकार तथा संथापक केन्द्रीय अध्यक्ष सन्तकुमार आङ्देम्बे ज्युलाई आसित रहनु भएको थियो भने क्या काजिमान लिम्बु (एम सी), गीतकार दिपा लिम्बु राई लगात १५ अथितीहरु आसिन गरिएको थियो। वरिष्ठ सल्लाहकारहरु क्रमस श्री यक्षराज लिम्बु र सास्कृतिविद श्री गोपीलाल लिम्बुले गर्नुभएको थियो साथै विशेष अथितिको आशन श्री सुशिल आङ्देम्बेले लिनुभएको थियो।
उक्त कार्यक्रम विश्व लिम्बुवान सास्कृतिक महासंघको अवधारणा विश्वभर छरिएर रहेका समग्र लिम्बु मुटु,लिम्बु रगत, लिम्बु प्राण र लिम्बुवान भूमीको सन्ततीहरुको निर्बिकल्प आवस्यक सास्कृतिक सामाजिक क्रान्ती संकल्पित अभियान: “सास्कृतिक सामाजिक एकता र एकरुपताको लिम्बुवान स्पष्ट पहिचान र दुरुस्त संस्कारको लिम्बुवान” लाई मन वचन र कर्मले काधमा काध मिलाउदै निर्दिष्ठ लक्षमा पुर्याउने ऐक्यबध्दता जनाउदै उपस्थित ब्याक्तित्वहरु हरेकले दिल खोलेर धित मरुन्जेल च्याब्रुङ्ग विधाका विभिन्न नाचहरु नाच्ने अवसर मिलेको थियो। विधिगत र पुर्बयोजना अनुसार आयोजना गरिएको यस कार्यक्रम अत्यन्तै विशाल र उत्कृष्ठ रहेको त्यस भेलामा आउनुभएका ब्याक्तित्वहरुले जनाउनु भएको थियो।
कार्यक्रममा साँस्कृतिकविद गोपिलाल लिम्बु ज्यू को अग्रसरतामा ब्रुनाईमै तयार गरिएका अत्यन्तै बज्ने ३५ भन्दा धेरै च्याब्रुङ्गहरुको उपस्थिति साथै अन्य नाचगान, धान नाच, लिम्बु आधुनिक गीतको नाच, डोकेनी नाच, हाकपारे ख्याली, सामिक्ला (कविता)वाचन समेतको प्रस्तुतीहरु रहेको थियो भने लि:तोङ (धनु काड)को प्रतिस्पर्धामा विजेता बिरेन्द्र लिम्बु लाई एउटा च्याब्रुङ्ग प्रदान गरिएको थियो भने उत्कृष्ठ पहिरनमा ३ विजेताहरु क्रमश: ढेट माया एभेङ, जानमाया तेम्बे र धन कुमारी स्रेङ चोङ्बाङ लाई पुरस्कार प्रदान गरिएको थियो।
अन्त्यमा कार्यक्रमको औचित्य खुलस्त पार्नुहुदै प्रमुख अथिति गीतकार तथा संथापक केन्द्रीय अध्यक्ष सन्तकुमार आङ्देम्बे ज्युले अयोजक “विस्व लिम्बुवान सास्कृतिक महासंघ” साखा ब्रुनाईका हरेक सदस्यहलाई धन्यवाद दिनुकासाथै यसरीनै सकृय भुमीकाको निर्बाह गरिरहने आग्रह गर्नु भयो। साथै त्यसै कार्यक्रमलाई अवसरमा विस्तारित ५ जना नया केन्द्रीय कार्य समिती सदस्यहरुको नाम घोषणा गर्नुभएको थियो। सार्बजनिक नया केन्द्रीय सदस्यहरुको नामहरु क्रमस: उप-महासचिव तथा महासंघ प्रबक्ता: श्री महेश वानेम (ताप्लेजुङ) यु के, श्री बिष्णुमाया केरुङ (बिर्तामोड) झापा, श्री दुर्गा नेम्बाङ (दुर्गापुर) झापा, श्री नरबीर लिम्बु योङहाङ (एकतपा) इलाम र श्री रोहितराज नेम्बाङ (बिर्तामोड) झापा मनोनित गरिएको छ।
उक्त कार्यक्रमलाई सिल्भिया एभेङ, मेरिना जिमी, दिपेन्द्र लोक्साम र सुशिल लिम्बु चोङ्बाङले सन्चालन गर्नु भएको थियो।

जापानी रुपियाँ बनाउन लोक्ता जापान निकासी

 ७ जेठ । वन जङ्गलमा खेर गइरहेको लोक्ताबाट जापानी पैसा(येन) बनाउन प्रयोग हुन थालेपछि इलामका विभिन्न गाउँबाट यसको माग बढ््न थालेको छ ।

लोक्तालाई तातो पानीमा उमालेर बनाइएको गुणस्तरीय रेसादार लोक्ताको कागज काठमाडौँ हु“दै येन बनाउनका लागि जापान निकासी हुन थालेपछि व्यवसायी उत्साहित हुन थालेका छन् ।
माइमझुवा–७ का ओम गुरुङले जापानी येन बनाउन उपयुक्त लोक्ता काठमाडौँको कानपोउ कम्पनीमार्फत जापान निर्यात गरिरहेको बताउनुभयो । येन बनाउनका लागि प्रयोग गरिने लोक्ता प्रतिकिलो रु तीन सय ६० भन्दा बढीमा बिक्री हुने गरेको गुरुङ बताउनुहुन्छ ।
‘मैले लोक्ताको प्रशोधन गरी विदेश निर्यात गर्न थालेपछि छिमेकीहरू पनि लोक्ता बिक्री गरिदिन भन्दै घरमा आउने गरेका छन्,’  गुरुङ भन्नुहुन्छ । यहाँका किसानले यस वर्ष करिब दुई सय टन लोक्ता जापान निर्यात गरी रु डेढ करोड आम्दानी गरेको बताउँछन् ।
तीस रोपनी जग्गामा व्यावसायिक रूपमा लोक्ताको खेती गर्नुभएका गुरुङ आफूले कानपोउ कम्पनीमार्फत जापानी येन बनाउने गुणस्तरको पा“च क्विन्टल लोक्ता बिक्री गरिसकेको बताउनुहुन्छ ।
उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका राजबहादुर राईले किसानले नम्बरी जग्गामा समेत लोक्तासहित अन्य जडीबुटीखेती गरेको बताउनुभयो । जमुना, मावु, जोगमाई, गोर्खे, नया“बजार, प्याङ, माइमझुवा, माइपोखरी, सुलुबुङ, सुम्बेक, पुवामझुवा, चमैता, सा“खेजुङ किसानले व्यावसायिक रूपमा लोक्ताखेती गर्दै आएका छन् । जापानी येन बनाउन प्रयोग हुने लोक्ता यहीबाट प्रशोधन भएर जापान निर्यात गरिन्छ ।
यस वर्ष माइमझुवामा मात्रै सात सय मनभन्दा बढी लोक्ता उत्पादन भएको स्थानीय अगुवा जडीबुटी किसान जीतबहादुर राईले जानकारी दिनुभयो । आफूले आठ मन लोक्ता उत्पादन गरी रु एक लाख ६० हजार  आम्दानी गरेको  राई बताउनुहुन्छ ।
अहिले नेपाली कागज बनाउने उद्योगले लोक्ता रु ७० प्रतिकिलोका दरले खरिद गर्ने गरेका छन् । लोक्ताको व्यावसायिक खेती थालेपछि जिल्लाका विभिन्न ठाउँमा लोक्ताबाट नेपाली कागज बनाउने घरेलु उद्योग खुलेका छन् ।
नेपालमा लोक्ताबाट नेपाली कागज तयार पारिन्छ । यसरी तयार पारिएका नेपाली कागज सरकारी लिखत राख्ने, अंशवण्डा, कागज र खाम बनाउनेलगायतका काममा प्रयोग हुने गरेको छ । यस्तै आजभोलि प्रमाणपत्रका रूपमा समेत नेपाली कागजको प्रयोग हुन थालेका छन् ।

नायिका अधिकारी सगरमाथामा, दुई आरोहीको मृत्यु

everest ७ जेठ । नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्नु भएको छ ।  सगरमाथा आरोहीको सहयोगीका रुपमा नायिका अधिकारी बिहान ८ बजे सगरमाथामा पुगेको नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।
अधिकारी चैत २७ गते सगरमाथा आरोहणको लागि काठमाण्डुबाट प्रस्थान गर्नु भएको थियो । हिजो मात्रै २ सयले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् ।
यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फकिँर्दै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फकिर्ने क्रममा गएराति बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

एकै युवतीको शरीरमा ४ वटा मृर्गौला

 सामान्य रुपमा एक मानिसको शरीरमा मृर्गौला कति वटा हुन्छन् ? पक्कै पनि दुई वटा । के तपाईं एकै मानिसको शरीरमा ४ वटासम्म पनि मृर्गौला हुन सक्छ भन्ने कुरा पत्याउनु हुन्छ ? कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो वास्तविकता हो ।
एक बेलायती युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पाइएको छ । हालैमा बाहिर आएको एक मामिलाका अनुसार जेसिका कर्फी नाम गरेकी ती युवती पिसाव सम्बन्धी समस्या देखिएपछि चिकित्सककोमा पुगेकी थिइन् । उपचारपछि युवतीको दायाँ मृर्गौला खराब भएको पुष्टी भयो ।
त्यसपछि अर्को एक परीक्षणमा उनको शरीरको दायाँ भागमा दुई मृर्गौला भएको पत्ता लाग्यो, जस मध्ये एक मृर्गौला खराब थियो । चिकित्सकले शल्यक्रिया गरेर उनको खराब भएको मृर्गौला निकालिदिए । सोही शल्यक्रियाकै बखत युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पत्ता लाग्यो ।
एक अन्तर्राष्ट्रिय समाचार अनलाईनका अनुसर गएको वर्षको जुन महिनामा उनको शल्यक्रियाका समयमा शरीरको दाया भागमा मात्रै तीन मृर्गौला भएको पुष्टी भएको थियो । एक वरिष्ठ मूत्र रोग विज्ञ रोबिन विवरले यस्तो घटना विश्वमै दुर्लभ भएको प्रतिक्रिया दिएको जनाइएको छ ।
मृगौलाको शल्यक्रियापछि जेसिका तीन दिनपछि नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अहिले उनी पूर्ण रुपमा स्वस्थ्य भएकी जनाइएको छ ।

पाण्डे पर्यटन दूतमा नियुक्त

अनिल पाण्डे
अनिल पाण्डे
 नेपाल पर्यटन बोर्डले संयुक्त राज्य अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रका लागि अनिल पाण्डेलाई सार्वजनिक सम्पर्क प्रतिनिधिको रुपमा अवैतनिक पर्यटन दूत नियुक्त गरेको छ। मे १५, २०१३ देखि दुई बर्षका लागि बोर्डले पाण्डेलाई नियुक्त गरेको हो। सो नियुक्तीसंगै बोर्डले आफ्नो समग्र उद्देश्य प्राप्तिमा अभिरुचीकासाथ कार्य गर्दै अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रमा नेपाललाई मुख्य गन्तब्यको रुपमा प्रवद्र्धन गराउने विश्वास लिएको उल्लेख गरेको छ।
पर्यटन दूतमा नियुक्त पाण्डेलाई बोर्डले नेपाल दुतावास, टुर अपरेटर, मिडिया तथा कुटनैतिक नियोगहरुको सम्पर्कमा रही लेटरहेड र भिजिटिङ्ग कार्डमा आफ्नो आधिकारिक लोगो प्रयोग गर्न, बोर्डका प्रवद्र्धनात्मक सामाग्रीहरु प्राप्त गरि प्रचारप्रसार गर्न पाउने उल्लेख गरेको छ। दुई दशकभन्दा वढी समय यसै क्षेत्रमा बसोबास गर्दै आएका पाण्डे मदरल्यान्ड नेपाल नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष समेत हुन्। उनी सोही संस्था मार्फत पर्यटन सम्बन्धी विविध गतिविधि सञ्चालन गर्दै समाजसेवामा समेत संलग्न छन्।

आईपीएलमा आजबाट प्लेअफ, चेन्नई र मुम्बई भिड्दै

 ७ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आजबाट प्लेअफ सुरु हुँदैछ । जारी छैटौं संस्करणको पहिलो प्लेअफमा लिग तालिकाको शीर्ष स्थानमा रहन सफल चेन्नई सुपर किंग्स र दोस्रो स्थानको मुम्बई इन्डियन्स आमुने–सामुने हुँदैछन् ।
दिल्लीको कोटाला मैदानमा हुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेपछिबाट सुरु हुनेछ । आजको खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोलीले अर्को प्लेअफको विजेतासँग पुनः प्रतिस्पर्धा गर्न पाउनेछ ।
बुधबार यही मैदानमा तेस्रो स्थानको राजस्थान रोयल्स र चौंथो स्थानमा रहेको सनराईजर्स हैदरावादबीच ‘एलिमिनेटर’ भिडन्त हुनेछ । आईपीएलको फाइनलमा पुग्ने दोस्रो टोलीको फैसला भने मे २४ तारिखका दिन हुने छ । उक्त दिन कोलकोताको इडेन गार्डेन मैदानमा पहिलो प्लेअफ अर्थात् आज पराजित हुने टोली र बुधबारको खेल जित्ने टोलीबीचको खेलपछि फाइनल भिडन्त तय हुनेछ ।
आईपीएलको जारी सिजनको फाइनल मे २६ तारिखका दिन इडेन गार्डेन मैदानमा हुनेछ । यसपटक आईपीएलमा जम्मा ९ टोली सहभागी थिए ।

ग्ल्यामरै ग्ल्यामरले भरिपूर्ण आईपीएल (फोटोफिचरसहित)

काठमाडौं, ७ जेठ । भारतमा यतिबेला इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको छैटौं संस्करण जारी छ । सन् २००८ बाट सुरु भएको आईपीएल विश्व क्रिकेट माझमा लोकप्रिय छन् ।
त्यसो त क्रिकेटमा ट्वान्टी–२० खेल संरचना विश्व क्रिकेटमै ‘ग्ल्यामर’का रुपमा चिनिन्छ । छोटो समयको यस संरचनाले अहिले विश्वमै ‘वाहिवाही’ समेत पाएको छ ।
टी–२० छोटो र उत्साहपूर्ण भएकैले खेलको हरेक क्षणले दर्शक, खेलाडी र आमक्रिकेटप्रेमीलाई रोमाञ्चित र उत्तेजित गर्ने गर्छ । यसैभित्र पनि आईपीएल अझ फरक छ । विश्वका नाम चलेका क्रिकेट खेलाडीहरुको ‘महाभिडन्त’ आईपीएलमा सहभागी फरक–फरक टोलीका खेलका रुपमा देख्न सकिन्छ । विश्वका प्रमुख क्रिकेट खेलाडीको जमघटले आईपीएललाई त्यसैपनि ‘ग्ल्यामर’ बनाएको छ ।
यसबाहेक अहिले आईपीएलमा सहभागी क्लबहरुमा बलिउडमा नाम चलेका नायक–नायिकाको लगानी छ । जसले आईपीएललाई थप ‘ग्ल्यामर’ बनाउँदै लगेको छ ।
त्यस्तै छोटो समय र संरचनामै आईपीएलमा बन्ने र देखिने विविधि ‘रेकर्ड’हरुले यसलाई थप उचाईंमा पुर्‍याएको छ । आईपीएलको जारी सिजनको लिगको एक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका वेष्टइन्डिज खेलाडी क्रिस गेलले टी–२० इतिहासमै सबैभन्दा छिटो शतक बनाए ।
त्यतिमात्रै होइन, गेलले टी–२० इतिहासकै एक इनिङमा एक ब्याट्सम्यानले बनाएको उच्च रन पनि जोडे । पुणे वारियर्स विरुद्धको सो खेलमा गेलले ६६ बलमा १७ छक्का र १३ चौकाको मद्दतमा १ सय ७५ रन बनाएका थिए । जसले पनि आईपीएलको ‘ग्ल्यामर’ उजागर गर्‍यो ।
 आफ्ना टोलीले विकेट  लिंदा र रन हान्दा उत्साहका लागि नृत्य गर्ने त्यस्ता चियर लिडरले मैदानमा उपस्थिति  दर्शक र टिभीमा खेल हेर्ने सम्पूर्ण खेलप्रेमीलाई मनोरञ्जन दिएको नकार्न सकिन्न । जसका कारण पनि आईपीएल ग्ल्यामरले भरिपूर्ण भएको छ भन्नु अतियुक्ति नहोला ।
त्यस्तै आईपीएलले आर्थिक रुपमा पनि एक छुट्टै स्थान ओगटेको छ । यसबाहेक आईपीएलको अनेक विविध पाटो समेत छन्, जसले आईपीएलले पूरै भारतसहित विश्वमा दिनानुदिन आफ्नो ग्ल्यामर छवि पस्किदै गएको छ ।