जलेश्वरमा लामखुट्टेको आतंक यति बढेको छ की दिउँसो समेत लांखुट्टेले सताउने गर्छ । स्थानीयबासीहरु आफूले ढुक्कसँग काम पनि गर्न नपाएको बताउँछन् । लामखुट्टेको टोकाईका कारण जलेश्वरबासीहरू विभिन्न रोगको शिकार बन्ने गरेका छन् ।
जलेश्वर नगरक्षेत्रभित्र लामखुट्टे विरूद्धको विषादी यसअघि आर्थिक वर्ष २०६५/०६६ मा छर्किएको मात्र नगरबासीहरुको भनाई छ भने जिल्ला स्वास्थ्य कार्यालय र जलेश्वर नगरपालिकासँग तुरून्त विषादी छर्किन नगरबासीहरूले माग गरेका छन् ।
No comments:
Post a Comment