हजारौ नेपालीले साउदी अरबमा सवारी साधन चालकको रुपमा पनि काम गर्ने गरेका छन्। महिनौ पिच्छे नेपाली दुर्घटनमा परेको समाचार आउने गरेका छन्। यस सन्दर्भमा नेपाली चालकहरुले पनि सवारी चलाउने क्रममा सावधानी अपनाउनु पर्ने देखिन्छ ।
साउदीको ट्राफिक सेक्युरिटी कमिटीले कुल मोटर दुर्घटनाको कारण मध्य २० प्रतिशत कारण मोवाइल फोनको प्रयोग मानेको छ।
गाडी चलाउँदा मोबाइल प्रयोग गर्नेहरु धेरै दुर्घटनामा परेको बताइएको छ
मोवाइलमा पनि भिडियो हेर्दा वा एसएमस लेख्दा धेरै दुर्घटना भएको साउदी ट्राफीकले जनाएको छ।
साउदीको ट्राफिक नियम अनुसार सवारी साधन चलाउँदा मोवाइल प्रयोग गर्ने पाइदैन । कुनै सवारी चालकले सवारी साधन चलाउँदा मोवाइल फोन प्रयोग गरिएको भेटिएमा १५० साउदी रियाल जरिवान हुने नियम छ भने २ ब्ल्याक पोइन्टको दिने नियम छ।
केही समय अघि गरिएको अध्ययनमा साउदी अरबका सडकहरुलाई संसारकै डरलाग्दा मध्य एक मानिएको थियो। साउदी अरबमा प्रत्येक दिन सडक दुर्घटनमा १९ जनाको मृत्यु हुने गरेको छ।
केही समय अघि गरिएको अध्ययनमा साउदी अरबका सडकहरुलाई संसारकै डरलाग्दा मध्य एक मानिएको थियो। साउदी अरबमा प्रत्येक दिन सडक दुर्घटनमा १९ जनाको मृत्यु हुने गरेको छ।
No comments:
Post a Comment