‘हेटौँडा–कुलेखानी–काठमाडौ’ सुरुङमार्ग निर्माण कार्य एक महिनाभित्र सुरु गरिने’
७ जेठ । हेटौँडा–कुलेखानी–काठमाडौ सुरुङमार्गको निमाणकार्य एक महिनाभित्र सुरु हुने भएको छ।निर्माण व्यवसायी महासङ्घका अध्यक्ष एवम् सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण प्रक्रियामा जाने बताउनुभयो।
नेपाल सरकारले वैशाख ३० गते निजीक्षेत्रको स्वमित्वमा रहेको नेपाल पूर्वाधार विकास कम्पनीलाई स्वीकृति दिएपछि सुरुङमार्ग निमार्णको बाधा फुकेको भन्दै सञ्चालक लामिछानेले सरकारले गत मङ्गलबार हेटौँडा–कुलेखानी–काठमाडौँ सुरुङमार्ग बनाउने अनुमति दिएको भएपनि अनुमतिपत्र भने मङ्गलबारसम्म दिने बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी हप्ता अनुमतिपत्र पाउनेबित्तिकै हामी कानुन विभागको कम्पनी ऐनअन्तर्गत सर्वसाधारणहरुमा सेयरको लागि आह्वान गछौं, त्यसबाट नपुग रकम हामी बैंकबाट ऋण लिन्छौं र जसरी भएपनि समयावधीमा नै निर्माणकार्य पूरा गरिछाड्छौं।”
स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले सरकारले जिविस मकवानपुरलाई संस्थागत सदस्यमा जान र आफैंले कमाएको रकमबाट सुरुङमार्गमा लगानी गर्न पाउने अनुमति दिएकाले यसअघिकै जिल्ला परिषद्बाट रु २० लाख छुट्याइएको बताउनुभयो। सो सुरुङमार्ग निर्माणका लागि जिविस मकवानपुरसहित संस्थागतरुपमा एक सय उनन्साठी र २०० जना सर्वसाधारणले नेपाल पूर्वाधार विकास कम्पनीको सेयर खरिद गरिसकेको कम्पनीले जनाएको छ।
सर्वसाधारणतर्फको सेयर सदस्यहरुमा काठमाडौँ र मकवानपुरका स्थानीयलगायत प्रवासी नेपाली(एनआरएन) रहेका छन् भने उनीहरुको सेयरमा रु १० हजारदेखि रु १० लाख सम्मको हदबन्धी रहेको कम्पनीले जनाएको छ। लामो समयसम्म निर्माण कम्पनीलाई नेपाल सरकारले अनुमति नदिँदा चिन्तित बनेका सर्वसाधारणसँगै मकवानपुरका सरोकारवालाहरुले सरकारको यो निर्णयको स्वागत गरिरहेका छन्। उद्योग वाणिज्य सङ्घ मकवानपुर अध्यक्ष भुवनलाल श्रेष्ठले सरकारले सुरुङमार्ग निर्माणका लागि दिएको स्वीकृतिको प्रशंसा गर्दै अब निर्माणमा जुट्ने समय आएको बताउनुभयो ।
यसैगरी नारायाणी यातायात व्यावसायी सङ्घले समेत सरकारको पछिल्लो कदमलाई विकास प्रेमीको रुपमा व्याख्या गरेको छ । सङ्घका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले सुरुङमार्गले मकवानपुरवासीको मात्र नभएर देशकै मुहार फेर्ने भएकाले इन्धन खरिदको रकममा विदेशिने गरेको नेपाली पूँजी जोगिने बताउनुभयो। निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले सुरुङमार्गले यहाँको विकास हुनुको साथै मकवानपुरका निर्माण व्यवसायी र मजदुरहरुले समेत सहजै काम पाउने भन्दै सरकारले यो मार्ग निर्माणमा दिएको स्वीकृति सबै क्षेत्रको लागि फलदायी रहेको बताउनुभयो ।
यद्यपि हाल सोही रुट हुँदै (हेटौँडा–कुलेखानी–काठमाडौँ)३५० भन्दा बढी साना सवारी साधन सञ्चालनमा छन् । तर यो रुटमा चल्ने सुमोलाई ५८ किलोमिटरको दूरी पार गर्न साँढे तीनदेखि चार घन्टाको अवधि लाग्ने र सुरुङमार्ग निर्माणपश्चात मात्र एक घण्टामा हेटौँडाबाट राजधानी पुगिने भएकाले पनि सर्वसाधारण खुसी भएका हुन्
No comments:
Post a Comment