प्रचण्डको टाउकोमा दोष थुपार्दै, 'फेश सेभिङ'गर्न एमाले शीतल निवासमा२३ बैशाख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति बदर गर्न माग गर्दै नेकपा एमालेले राष्टपति डा रामबरण यादवको ध्यानाकर्षण गराएको छ । आफ्नै पार्टीका प्रभावशाली नेता केपी ओलीको प्रस्ताव अनुसारको नियुक्ति बदर गराउन महासचिव ईश्वर पोखरेल लगायतका नेताहरू प्रचण्ड गर्मी छल्दै शीलत निवास पुगेका हुन् ।
एमाओवादीका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको भनेर बाहिर चर्चा गरिएपनि एमाले नेता खड्ग प्रसाद ओलीको प्रस्ताव र मधेशी मोर्चाका नेता विजयकुमार थारु (गच्छेदार)को समर्थनपछि मात्र प्रचण्डले कार्कीको नाममा समर्थन जनाएका थिए ।
कार्कीको नियुक्ति रोक्न भन्दापनि खड्ग ओलीलाई कर्नरमा पार्न महासचिव आफै ज्ञापनपत्र बोकेर राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए । ओलीको प्रस्तावमा एमाले अध्यक्ष झलनाथ खनालले टाउको हल्लाएर समेत मौन समर्थन जनाएका थिए । कार्यकर्ता तहबाट विरोध भएपछि 'फेस सेभिङ'का लागि एमाले शीतल निवास धाएको हो ।
No comments:
Post a Comment