Tuesday, May 21, 2013


टोरनेडो आँधीले ९१ को ज्यान लियो, सयौं घाइते 

 ७ जेठ । अमेरिकाको ओकलोहोमा आएको टोरनेडो आँधीमा परी कम्तिामा ९१ जनाको मृत्यु भएको छ । ३ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा आएको आँधीमा परी अन्य सयौं घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आँधीले अमेरिकाको ओकलोहोमा राज्यमा व्यापक असर परेको छ । आँधीमा घाइते भएकाहरु मध्ये करिब १ सय ४५ जनालाई स्थानीय अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको जनाइएको छ । आँधीका कारण मृत्यु र घाइते हुनेमा बालबालिकाको संख्या उच्च रहेको बताइएको छ ।
आँधीका कारण ८ हजार बढी घरबारबिहीन भएका छन् भने ५५ हजार बढी प्रभावित भएको जनाइएको छ । आँधीले ठाउँ–ठाउँमा रुख र पोल ढलेका बताइएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्राकृतिक विपत्तिमा परेकाहरुलाई समवेदना प्रकट गर्दै आँधी प्रभावितलाई संयमित रहन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

No comments:

Post a Comment