गीत गाइरहेका जस्टिनमाथी स्टेजमै आक्रमण
१९ वर्षीय जस्टिनमाथी सांघातिक हमला भने भएको होइन् । उनलाई उनकै प्रशंसकले स्टेजको पछाडिबाट आएर समातेका हुन् । गीत गाउँदै पियानो बजाइरहेका पप स्टार जस्टिनलाई दुबईमा भइरहेको कन्सर्टमा प्रशंसकले समातेका हुन् । उनलाई कुनै चोट भने लागेको छैन् ।
जस्टिन भने उनीबाट फुत्कन सफल भएका थिए र स्टेजको एउटा कुनामा पुगेका थिए । यसबेलासम्म सुरक्षामा खटिएको सुरक्षाकर्मीहरुले ती प्रशंसकलाई समातेका थिए । उनलाई प्रहरीले त्यहाँबाट हटाएपछी उनले बाँकी रहेको गीतहरू गाएर कार्यक्रम पुरा गरेका थिए ।
No comments:
Post a Comment