Tuesday, May 21, 2013


सुरक्षाकर्मी र बिपक्षीबीच झडप,९५ को मृत्यु

७ जेठ,  सिरियाको तटीय क्षेत्र क्युसारमा सुरक्षाकर्मी र बिपक्षीबीच भएको झडपमा ९५ जनाको मृत्यु भएको छ । 

विद्रोही समूहको पकड रहेको क्षेत्रमा सुरक्षाकर्मीले कब्जा जमाउने उद्देश्यका साथ आक्रमण गर्दा दुई पक्षबीच झडप भएको बताइएको छ । सुरक्षाकर्मीले केही स्थानमा कब्जा जमाएको छ ।

लेबनानको सीमामा रहेको उक्त क्षेत्रमा सुरक्षाकर्मीले चारैतिरबाट आक्रमण गरेको थियो । विद्रोहीले भने सिरिया सरकारलाई लेबनानको बिद्रोही समूह हेजबुल्लाहले सहयोग गरेको आरोप लगाएका छन् ।


No comments:

Post a Comment