Monday, May 6, 2013



kalpana-paudel अर्को बिहे गर्नु स्वामी अकालमै मरे भने
धर्ती छोडि स्वोर्गलोकमा बसाइ सरे भने
आमाको माया कमी हुन नदिनु कैले पनि
हाम्रा प्रेमका ति निसानी टुहुरा परे भने
प्रितीको धुन गुन्जिने हामो प्रेम संसारमा
संख फुख्दै घर भित्र मलामी ति भरे भने
फक्रेको फुल झर्ने होकी बास्ना छर्नु अगाबै
नरुनु है एक्लो पारी बैतर्नी त्यो तरे भने
जिन्दगीका गोरेटा सङै काट्ने तय थियो
माफि दिनु अन्जानमै मैले घात गरे भने
 कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

No comments:

Post a Comment