एड्स भन्दा पनि बढी खतरनाक र घातक छ, भाइरस ‘सेक्स सुपरबग’
एचआइभी एड्स’ यो शब्दबाट अपरिचित व्यक्तिहरु सायद कमै भेटिएलान् । अहिलेसम्म त एचआइभी एड्सलाई नै सबैभन्दा बढी खतरनाक रोग मानिन्थ्यो तर हालै एक नयाँ घातक भाइरस बाहिर आएको छ । ‘सेक्स सुपरबग’ नामक खतरनाक भाइरस बाहिर आएपछि संसारका डाक्टरहरु चिन्तित भएका छन् ।
एड्स फैलाउने भाइरस एचआइभी भन्दा पनि सेक्स सुपरबगको भाइरसलाई बढी खतरनाक र घातक मानिएको छ । किनभने सुपरबगको ब्याक्टेरिया एड्सको भाइरस भन्दा पनि अधीक तेजीका साथ फैलने र छिट्टै नै असर देखाउने गर्छ । डाक्टरका अनुसार ‘सुपरबगको भाइरस’ ले ‘सेप्टिक शाँक’ हुन सक्ने र पीडिता व्यक्तिको केही दिनपछि नै मृत्यु हुन सक्ने बताएका छन् । सेफ सेक्स बाट नै सुपरबगको भाइरसबाट बच्न सक्ने बताइएको छ ।
सेक्स सुपरबग लाई ‘गोनोरिया’ वा ‘एचओ41′ नामबाट पनि चिन्न सकिन्छ । ‘सेक्स सुपरवग’ भाइसरको बारेमा पहिले जापानमा २०११ मा पत्ता लगाएका थिए । सुपरबग यस्तो भाइरस हो जसलाई कुनै औषधीले पनि असर गर्न सक्दैन । हालमा भने स्वास्थ्य विभाग यसको रोकथामको लागि ‘एंटिबाँयटिक’को खोजि गर्नमा कोशिस गरिरहेका छन् ।
No comments:
Post a Comment