पाँच युवतीसहित ३ युवा पक्राउ
पाँच युवतीलाई ओमन लैजाने भन्दै नवलपरासी हुदै भारततर्फ लग्दै गरेका ३ युवालाई पक्राउ गरी नवलपरासी प्रहरीले मानव बेचबिखन अन्तर्गत मुद्धा चलाएको छ ।
गत बैशाख १४ गते बाग्लुङ्ग घर भएका धन बहादुर राना श्रीसले नुवाकोट गोरस्याङ गाबिस २ बस्ने २५ बर्षिय कविता तामाङ, नुवाकोट स्याङजा २ बस्ने २६ बर्षीय खोजुङ माया तामाङ, म्याग्दी रुमा गाविस ८ बस्ने २६ बर्षिय सविना बिक, सिन्धुपाल्चोक टंकपुर गाविस ६ बस्ने २६ बर्षीय भवानी बोहरा र मोरङ उल्लाबारी बस्ने २५ बर्षीय हिमा निरौलालाई भारत लग्दै गर्दा प्रहरी चौकी गोबरैयाले उनीहरूलाई पक्राउ गरेको थियो ।
३ युवाहरूको संलग्नतामा भारत लगिदै गरेका पाँच युवतीलाई आफन्तको जिम्मा लगाइएको र ३ युवालाई मुद्धा चलाईएको छ । युवतीहरूसँगै पक्राउ परेका बाग्लुङ घर भएका धन बहादुर राना श्रीसलाई नवलपरासीको हुलाकी सडक चिसापानी महेशपुर सड्क भएर भारत तर्फ जाँदै गर्दा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको छ । पासपोर्ट समेत नरहेको र नागरिकता मात्र रहेका युवतीहरूलाई शंका लागेपछि प्रहरीले नियन्त्रमा लिएको जनाएको छ । एक युवकले पाँच युवतीलाई पासपोट फ्याक्स आउने र सबैलाई भारत हुदै ओमन लग्ने भन्दै युवतीहरूलाई लिएर गएका थिए ।
बाबुले गरे १० वर्षीय छोरीको बलात्कार
२२ वैशाख, तनहुँको दक्षिण भेगमा पर्ने भिमाद गाविसकी एक बालिकालाई आफ्नै बाबुले बलात्कार गरेका छन् ।
No comments:
Post a Comment