Monday, May 6, 2013


ब्लुफिल्म हेर्नुस् आकर्षक तलब थाप्नुस्

china-blue-filmबेइजिङ । चीनको एक गैरसरकारी संस्थाले पोर्न (अश्लील) फिल्म हेर्नेलाई आकर्षक तलब दिने भएको छ । उक्त संस्थाले दिनभरि बसेर पोर्न हेर्ने व्यक्तिका लागि विज्ञापन निकालेको छ । उनीहरूको मासिक तलब २ लाख ४० हजार रुपैयाँ हुनेछ ।
चीनले आउँदो पुस्ताका लागि स्वच्छ इन्टरनेट चाहेको छ । उसले यसका लागि अश्लील सामग्रीको जाँच सुरु गरेको छ । सरकारले इन्टरनेटलाई अश्लीलताबाट मुक्त राख्ने जिम्मेवारी सेफ्टी अलायन्सलाई दिएको छ । अलायन्सले निष्पक्ष एवं फराकिलो दृष्टिकोणले अश्लील सामग्री छुट्याउन सक्ने अधिकृतहरूका लागि यस्तो विज्ञापन गरेको हो । अलायन्सले खुला रूपमा फेसबुकमा राखेको यो प्रस्तावले भारी समर्थन पाएको छ । जनमतपछि उसले विधिवत् विज्ञापन आह्वान गरेको हो ।
अधिकृतहरूले घर वा कार्यालमा बसेर यस्ता सामग्री हेरेर हार्डकोर अश्लील सामग्रीलाई मनोरञ्जनको कुन सीमासम्म छुट दिनेबारे निर्णय गर्नेछ । ती अधिकृतहरूको रायअनुसार थुप्रै अश्लील सामग्रीहरू सधैंका लागि इन्टरनेटबाट हटाइनेछ । 

No comments:

Post a Comment